Tuesday, November 15, 2011

रुवायो

ती पुराना,
सम्झनाले रुवायो ।
ती क्षण भरका,
सपनाले रुवायो ।
ती रमाईला,
कल्पनाले रुवायो ।
ती अपुर्ण,
चाहानाले रुवायो ।
ती उनका,
बहानाले रुवायो ।
ती दैवका,
निसानाले रुवायो ।
ती खराब,
जमानाले रुवायो ।

Monday, November 14, 2011

सेना समायोजन यसरी गर्दा कसो होला ?

अहिले देश शान्ति प्रक्रियाको महत्वपुर्ण घडीमा छ । एक दशक भन्दा लामो द्वन्द सामाधान हुँदै व्यवस्थापनको क्रममा छ । माओवादी सेना समायोजन (बहिर्गमन भन्दा चहिँ उपयुक्त हुन्थ्यो कि) हुँदैछ । यद्दपी अहिले दलहरु सहमतिमा पुगेको प्रक्रियामा माओवादीका मोहन वैद्य पक्षधरहरु सम्मानजनक समायोजन नभएको भन्दै सन्तुष्ट छैनन् । त्यसैले ढिलै भए पनि मैले सम्मानजनक लडाकु समायोजको लागि यो सुझाव प्रस्तुत गरेको छु ।
मेरो भनाई हाल गर्न लागिएको सबै प्रक्रिया गलत छ भन्ने हैन, त्यसमा स्वच्छिक अवकास, सेनामा समायोजन र पुनस्थापना तीनवटा विकल्पहरुमा अर्को “सम्मानजनक समायोजन” नामको विकल्प खडा गरी त्यस अन्तरगतको विकल्पमा छनौट भएका लडाकुहरुको छुट्टै सुरक्षा निकाय स्थापना गरौँ भन्ने हो । कसरी गर्ने र यसो गर्दाका असिमित फाइदाहरु (मध्ये प्रमुख) निम्नानुसार रहेका छन् :

Monday, October 24, 2011

गजल नं ५


तिमले माया मार्यौ क्यारेत्यै भएर लेख्छु गजल
बाँच्ने मेरो साहारा खै?, त्यै भएर देख्छु गजल

माया प्रेमको संसारमाहिजो सम्म बाँचेको थें
आज बाट छोडी दिएँत्यै भएर टेक्छु गजल

महँगीको संसारमातिमले माया बेच्यौ क्यारे
मेरो बेच्ने केही छैनत्यै भएर बेच्छु गजल

तिमले हामले लाको मायाघाँटी रेटी मार्यौ आज
मेरो रेट्ने केही छैनत्यै भएर रेट्छु गजल

आजको रात भेट्यौ होलातिमले आफ्नो मायालुलाई
पागल मेरो कोही छैनत्यै भएर भेट्छु गजल

नशा लाग्ने मदिरा त्योकहिले मैले लिने गर्छु ?
नशा लाग्यो धोखे प्रेमकोत्यै भएर पेग्छु गजल

फेसबुक साथीलाई चिठी

मिति: २०६७-११-२७

प्रिय मित्र,
धेरै धेरै माया,
गुगलले सर्च गरेर पनि नभ्याउने सम्झना ।

तपाईलाई अचम्म लाग्न सक्छ, यो अहिलेको वैज्ञानिक युगको ई–जेनेरेसन ले चिठी लेखेको देख्दा । हो जसरी तपाईलाई यो चिठी देख्दा अचम्म लाग्छ त्यसरी नै मलाई अचम्म लागेका केही कुराहरु म यस पत्र मार्फत तपाईलाई व्यक्त गर्न चाहान्छु । साँच्चै साथी अचेल त यसरी चिठी लेख्ने त चलानै हराए, मेरा बाबाले आफ्नो पोखरामा रहनुभएको साथीलाई चिठी लेखेको देखेको थिएँ। धेरै पहिला होइन, २०५५ साल तिर अर्थात आज भन्दा १२ वर्ष पहिले । कति परिवर्तन भएको छ,यो १२ वर्षमा, अबको १२ वर्षमा त झन् के हुने हो भन्न सकिन्न ।

Sunday, October 23, 2011

गजल नं. ४


क्या झुर, हुँदैछ जिन्दगी
आफैँ सँग, रुँदैछ जिन्दगी

एक्लै हुनुकेा, पिडै बेग्लै
आँशुले पिडा, धुँदैछ जिन्दगी

आकाश छुने, सपना थियो
बगरको बालुवा, छुँदैछ जिन्दगी

सोच्या हुन्न, नसोचेकै हुने खाली
उँभो होइन, सधैँ उँधैछ जिन्दगी

फूल्ला फल्ला, ठानेको थेँ
ओइलाईकन, कुहुँदैछ जिन्दगी

Friday, October 21, 2011

गजल


विझाउने यादहरु, तिमी सँगै लिई जाऊ
फाटिएका मनहरु, मनैमनले सिई जाऊ

यसै गरी जिउनु भन्दा, सँधैभरी तड्पी तड्पी
मर्छु बरु बीस खाई, एक प्याला दिई जाऊ

सुख दिन नसकेनी, खुसी दिन सक्थेँ मैले
मेरै कारण दुखी भए, म बिना जीई जाऊ

सजाएथेँ मुटु भित्र, काँडा सरी बिझाई दियौ
विझाएरै मार्ने भयैा, सक्छौ भने खिई जाऊ

तिमलाई हाँसो भए पनि, मलाई पासो भएकैछ
सक्छै भने वितेका ती, सबै पल पिई जाऊ

Wednesday, October 19, 2011

विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा


तिमीलाई विर्सन के गरिनँ ?
ट्वीटर खोलेँ टाइमलाईनभरी तिमीलाई देखेँ
फेसबुक खोलेँ वाल भरी तिमी नै तिमी थियौ
पुस्तक पढ्न पल्टाएँ पुस्तकका सबै पाना, हरफ र लाईन भरी तिमीलाई देखेँ
सङ्गीत सुनेँ सङगीतका हर सुर ताल भरी तिमी नै तिमी थियौँ
तिमी गयौ तर तिम्रो याद गएन
टाढा भयौ तर तिम्रो याद टाढा भएन
कविता लेख्न लागेँ कवितामा तिमी अटाएनौँ
गजल लेख्न लागेँ गजलका सेरमा तिमी अटाएनौँ
जे गर्न लागे नि तिम्रो यादले झस्काउँछ अनि म असफल हुन्छु
त्यसैले तिम्रो यादमा कविता लेखिनँ, गजल लेखिनँ, फेसबुक र ट्वीटरमा स्टाटस लेखिनँ
ब्लग लेख्न बसेँ तर यो पनि अधुरो अपुरो भयो
विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा...........

Monday, October 17, 2011

राजेश हमाल जोक्स



रोबिन लेख्छन् : एकपटक राजेश दाइ बेलायत घुम्न गएका बेला अस्ट्रेलिया र बेलायतको क्रिकेट म्याच चलिरहेको थियो। राजेश दाइ क्रिकेट हेर्न जानुभयो। ग्राउन्डको छेउमा बसेर चुरोट तान्दै क्रिकेट हेर्ने क्रममा राजेश दाइले खाएको चुरोटको खरानीले ग्राउन्ड भरियो र म्याच रोकियो। राजेश दाइको चुरोटको खरानीको नामबाट आजसम्म पनि अस्ट्रेलिया र बेलायत एसेज सिरिज खेलिरहेछन्।

Thursday, October 13, 2011

सुपर के उपर बेठकर मत चलो (Photoblog)

सिन्धुलीको रातमाटा झागाझुलीमा बस दुर्घटना भई ठूलो छ्यती भएको छ । करिब ४० जनाको मृत्यु र १५ जना जति घाइते भएका छन् । पुरै फेसबुक, ट्वीटर र अन्य इन्टरनेट यसै समाचारले भरिएको छ । कोही सरकारलाई गाली गर्दैछन्, कोही ड्राईभरलाई, कोही ट्राफिक प्रहरीलाई, कोही यातायात समितिलाई त कोही भगवान्लाई नै गाली गर्दैछन् । मृत्यु हुने मात्रै ४० जना नाघेको र भित्र र माथी गरी ७०–८० जना जति यात्रु भएको समाचारले क्षमता भन्दा बढी यात्रु नै दुर्घटनाको कारण भएको पुष्टी हुन्छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर गाडी यात्रा गरिएको नेपालका सबै जसो स्थानमा देख्न सकिन्छ । मेरो गाउँ पनि आज दुर्घटना भएको ठाउँ बाट १५–२० कि.मी. मात्रै टाढा पर्छ ।

नेपाङ्गे्रजी


केही दिन अघि मैले एकजाना दशैँको बेला माइत आएकी मित्रलाई भेटेको थिएँ । उनको ४–५ महिना अघि मात्रै काठमाडौँमा विहे भएको थियो । उनले सहरमा बसेको छनक देखाउन हो या उनको बानी हो उनी बीच बीचमा व्यापक अँग्रेजी मिसाएर बोल्थिन् । “कस्तो सेल्फिस तिमी त मलाई एक कल पनि गरेनौँ ......” उनले म सँग भनिन् “तिमीले त म सँग फेसबुकमा मैले रिक्वएस्ट गर्दा पनि रेस्पोन्स दिएनौँ । बरु तिम्रो दाईले मेरो फोटोमा कमिटमेन्ट गर्नु भएको थियो ।” मलाई त्यतिबेला अजय दिक्षितले केही “नेपाल”मा “लेक साइडमा त भैँसी पनि अंग्रजी बोल्छन् रे ।” भनेर लेखेको व्याङ्ग्यात्मक लेख सम्झना आयो । जानी नजानी अंग्रजी बोल्ने चाहे अनर्थ नै लागोस् न । मेरा एक जाना मित्रले मलाईृ एउटा गोष्ठीमा आफ्नो प्रस्तुतिकरण पछि “विन्देश जी, मेरो प्रिजेन्टेसनमा केही कमाइन्ड छ ?” भनेर प्रश्न सोध्थे । म "कमेन्ट"लाई "कमाइन्ड" भनेको भनि बुझ्दथेँ ।

Monday, October 10, 2011

फेसबुक बन्द हुँदैछ रे ।


आउँदो नोभेम्बर ९ देखी फेसबुक ह्याकरहरुले फेसबुक बन्द गराउने धम्की दिएका छन् रे । त्यो धम्की धम्कीमा मात्रै सिमित हुने हो की साँच्ची नै बन्द हुने हो त्यो भने कसैले भविष्यवाणी गर्न सक्दैन । फेसबुकका प्रयोगकर्ता नेपालमै १३ लाख जति  छन् भने विश्वमा करोडौँको हरपलको साथी बनेको छ फेसबुक । यसरी बन्द गराउने हल्ला हल्ला मात्र हो भनेर ढुक्क हुन पनि सकिन्न किनकी प्रविधिको विकास सँगै त्यति काम गर्न सक्ने ह्याकरहरु छैनन् भनेर ढुक्क हुन सकिन्न । सँच्चै बन्द होला नहोला त्यो छुट्टै बहसको विषय वन्ला तर भर्खर भर्खर ब्लगर बनेर आफ्नो ब्लग अपडेट गर्न सिक्दै गरेको सुचना प्रविधिको सिकारु यो दिमागले “फेसबुक बन्द भए के होला ?” भन्ने अनुमान बारे आफ्नो विचार यस ब्लगमा आफ्नो विचार छर्किन लागेको छु ।

Saturday, September 24, 2011

साइकल चढौँ पृथ्वीलाई माया गरौँ


केही दिन अगाडी सञ्चारमाध्यममा खाद्यन्नमा भएको मिसावट र त्यसको लागि वाणिज्य विभागले गरेको अनुगमन र कारबाहीले निकै चर्चा कमायो । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल साइटहरुमा पनि यस कुरा निकै छायो । काठमाडौँ लगाएतका केही सहरहरुमा मिसावटको बारेमा कुरा चलिरहँदा हामीले प्रत्येक क्षण लिईरहेका हावाको मिसावट (वायु प्रदुषण) को बारेमा चहिँ कहीँ चिन्तन मनन नभएको देख्दा मलाई दुख लागेर आउँछ । त्यसको कतै चर्चा सुनिन्न । सबैले महसुस गरेकै हो काठमाडौँको हावा स्वच्छ छैन । केही घण्टा सडक छेउ हिँडिरहने हो भने नाक, आँखामा धुवाँ जम्छ । गाउँबाट पहिलो चोटी काठमाडौँ छिरेकाले हावा नमिठो गन्हाउने महसुस गर्छन् । यसको बारेमा सम्बन्धित विज्ञले विस्तृत अध्यायन गर्ने हो भने झन् स्थिति भयावह रहेको कुरा सार्वजनिक हुन सक्छ । यसको परिणाम विभिन्न आँखा र स्वासप्रस्वास लगाएतका विभिन्न रोगको सिकार हुन हामी बाध्य छौँ । खाद्यपदार्थमा भएको मिसावट भन्दा यो गम्भिर सवाल हो । किनकी हावा विना हामी मानव लगाएत सबै जीव जन्तु बाँच्न सक्दैनौँ । त्यसैले हामीले प्रत्येक सेकेण्ड सेकेण्डमा लिने गरेका हाम्रो वायुमण्डलको हावा स्वच्छ राख्न हामी सबै जिम्मेवार नागरिक लागिपर्नु पर्छ ।

Wednesday, September 14, 2011

यसलाई कसले उत्तानो पारेछ ।

एउटा शिक्षकले A, B, C,D... पढाउँदा A फर अम्बरेको बुढी,B फर बलेको बुढी,C फर चन्द्रको बुढी....... M फर मानेको बुढी भनेर पढाउँथ्यो । उसले M सम्म मात्रै पढाएको थियो । एक पटक निरीक्षक आएछ र सोध्न थालेछ । M सम्म सबै लेटरहरु चिन्दै गएछ त्यस भन्दा पछि भने चिनेनछ । पछि जब W मा आई पुग्यो विद्यार्थीले भनेछ । "हुन त यो मानेके बुढी हो तर यसलाई कसले उत्तनो पारेछ त्यो चहि थाहा भएन सर ।"

Saturday, September 10, 2011

रामेछाप गा.वि.स.का जनताहरु नगरपालिका घोषणाको पुन सिफरिस प्रति असन्तुष्ट: प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईने


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गा.वि.स.का राजैतिक दल तथा विभिन्न पक्षहरुले रामेछाप जिल्लाको घोषणा गरिएको सदरमुकाम को पुन संसोधन गर्न गरिएको जि.वि.स.को सिफारिस अवैज्ञालनिक रहेको भन्दै त्यसको पुनर्मुल्यांकन गर्न माग गरेका छन् ।

Tuesday, September 6, 2011

यो के ? कि गजल, कि कविता न गजल, न कविता

हो यार
के प्यार ?
न वार
न पार


के दुई
के चार
कि बस
कि कार
न विस्तृत
न सार

के जीत
के हार
कि अम्ल
कि क्षार
न हलुका
न भार

Friday, September 2, 2011

झाडापखालाको औषधी सिटामोल


यो अन्तरवार्ता रामेछाप जिल्ला देउराली गा.वि.स. को उपस्वास्थ्य चौकी सँगै जोडिएर रहेको पसल राख्ने वेदमाया मगरको हो । उहाँलाई नेवेल कलेज काठमान्डुका वि.पि.एच. तेस्रो वर्षमा अध्यायनरत विद्यार्थी विष्णु खत्री ले लिनुभएको हो । जसमा उहाँले झाडापखालाको औषधी थाहा नभएको, झाडा पखाला लाग्दा बच्चा लाई सिटामोल खुवाउने गरेको बताउनु भयो । "जीवनजल कसरी खुवाउने ?" भन्ने प्रश्नमा उहाले मुठीमा राखेर त्यतिकै खुवाउने गरेको बताउनु भयो । वेदमाया मगर (बोलाउने नाम विन्दा)को उपस्वास्थ्यचौकी देउराली सँगै पसल छ । उहाँले उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र विरामी लागाएत कुरुवालाई अडर अनुसार खाजा तयार पार्नु हुन्छ । "उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सँगै सँधै उठबस हुने मान्छेको त चेतना यति छ भने अन्य गाउँका सर्वसाधारणको अवस्था के होला ? सजिलै अनुमान गर्न सकिन्छ ।" विद्यार्थी खत्री भन्दै थिए । यस उप स्वास्थ्यचौकीका इन्चार्ज रामशरण पौडेल भने सोही गा.वि.स.का स्थानीय वासिन्दा हुन् । जसले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै राष्टिय स्तरको पुरस्कार Nick simons Award 2011 पाएका थिए ।

Saturday, August 20, 2011

हाम्रो सम्बन्ध

३ र ३ को ३३ जस्तो हैन
६ र ६ को ६६ जस्तो पनि हैन
३ र ६ को ३६ जस्तो झन् हुनै हुन्न,
मात्र
६ र ३ को ६३ जस्तो हुनु पर्छ
हाम्रो सम्बन्ध,
एक अर्का लाई हेरिरहैा
एक अर्काको ख्याल गरिरहैा
सधै साथी बनिरहैा


Tuesday, August 16, 2011

लघुकथा : अर्काको जुठो



“जे भने First love is first love पहिलो प्रेम कसैले भुल्न सक्दैन, यो तिमीमा पनि लागु हुन्छ । त्यसैले मसँगको तिम्रो प्रेम चोखो मान्न सकिदैन । ” यी बाणरुपी शब्दहरुले मेरो मुटुमा काँडा सरी विझाएको छ । बेकार भनेछु जस्तो लाग्यो उनलाई मेरो यो भन्दा अगाडी कसै सँग प्रेम थियो भनेर । प्रेममा ढाँट छल हुँदैन  त्यसैले मैले उनी सँग कुनै कुरा लुकाइनँ । उनलाई यो पनि मैले प्रष्टै पारेको हो कि मैले माया गर्दा गर्दै मलाई छोडेर गएकी थिइन् भनेर । त्यसैले उनको के जिकीर छ भने पहिला नै कसैलाई दिईसकेको मेरो प्रेम उनमा कम हुन्छ अर्थात “उसलाई जति माया दियौ त्यति मलाई दिन सक्दैनौ । ”
आज उनले मलाई उनको कोठामै बोलाएकी थिइन् । म मेरो अफिस छुट्टी हुने वित्तिकै सिधै उनको कोठा पुगें । उनी भने उनको अफिसबाट फर्किदै थिइन् । त्यसैले मैले फोन गर्दा त्यही कुर्न आग्रह गरिन् । म उनको कोठा अगाडी बेन्चमा बसेर उनको प्रतिक्षा गर्न लागें । बेन्च नजिकै फोहर  राख्ने डस्वीन थियो । अचानक मेरो नजर त्यसमा रहेको एउटा कागजको टुक्रामा गयो । त्यसपछि म छाँगा बाट खसे जस्तै भएँ ।  त्यस कागज उनको नाउँमा काटिएको कुनै हस्पिटलको विरामी पुर्जा थियो । त्यसको निदानमा एउटा शब्द थियो Abortion

मुक्तक



जून मैले पाएकै छु ।
तिमीले पनि पाएकै्र हौला ।
खाली तिमीलाई छुन मात्रै नपाएको ।
रुन मैले पाएकै छु ।
तिमीले पनि पाएकै हौला ।
खाली तिम्रो हुन मात्रै नपाएको ।

Friday, July 15, 2011

च्यास्कूमा निशुल्क स्वास्थ्य शिविर आज देखी


आज(२०६८ असार ३१)र भोली(२०६८ असार ३२) दुई दिनको लागि संचालन गरिने निशुल्क स्वास्थ्य शिविर रामेछापको च्यास्कूमा सुरु भएको छ । मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय हेटौंडा, जिल्ला स्वास्थ्य कार्यालय रामेछप र उपस्वास्थ्यचौकी ओख्रनीको संयुक्त आयोजनामा संचालन गरिएको यस निशुल्क स्वास्थ्य शिविर नाक, कान, घाँटी, दन्त, मानसिक र स्त्रीरोग सम्बन्धी सम्पुर्ण रोगको निशुल्क उपचार सेवा प्रदान गरिनेछ । यस शिविरको लागिसामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र ओख्रेनी गाउँ विकास समितिले आर्थिक सहयोग गरेको छ । यस शिविरमा मेडिकल साइन्स भरतपुर चितवनका विशेषज्ञ चिकित्सकहरु ले सेवा प्रदान गर्नेछन् भने ओख्रनी, रामपुर र हिमगांगा र अन्य छिमेकी गा.वि.स.का सर्वसाधारण विरामीहरु लाभाम्बित हुनेछन् ।

Wednesday, July 6, 2011

A small Love Story

He Proposed.
.
.
She smiled.
.
.




















No Teeth.
He died.




म र तिमी


छु ।
तिमी छौ ।
विचमा लाई भई दिएको भए :
मलाई तिमी

तिमीलाई म 
हुने थियो ।
विभक्ति विनाको सम्बन्ध भयौं हामी ।
कहिले हुनु वाक्य
कहिले हुनु काव्य

Thursday, June 30, 2011

Love letter

मिति : २०६८/०३/११
शनिवार
मेरी मुटु की धड्कन पल्मोनरी धमनी,
पल्मोनरी शिरा

मेरी सुन्तली भनेर भन्दा रिसाउली होली ।
नाम सुन्तली नै भए पनि तिमीलाई मन पर्ने मेरी स्वीटी ।

Monday, June 20, 2011

२० वर्ष पुरा भई २१ लागेको दिन



ज्युँदै म¥यो भनि नाम कसको उद्यम विना वित्दछ काल जसको 

Friday, February 11, 2011

Happy Valentine Day

हाँसोलाई Outbox मा राख्नुहोस्
आँशुलाई Inbox मा राख्नुहोस्
रिसलाई Send गर्नुहोस्
दुःखलाई  Ok गर्नुहोस्
सहयोगलाई Delete नगर्नु
मनलाई Silent मा राख्नुहोस्
तब सुन्नुहोस कस्तो बज्छ जिन्दगीको
मिठो  Ringtone!

Saturday, January 22, 2011

तिम्रो झुठो प्रेमबाट


                  गजल
तिम्रो झुठो प्रेमबाट, अवकास लिएँ आज
रक्सी खाने बानी छैन, गजल मैले पिएँ आज
कति सहुँ दश तिर, धाउने तिम्रो किच्चक बानी
त्यै भएर माया जालमा, राजिनामा दिएँ आज

भ्रष्टचारी, अनियमितता, तिम्रो बानी अत्ति नै  भो
तिमलाई त्यागी नयाँ कोट, आफ्नै लागि सिएँ आज

तिमालाई छोडी एकपल पनि, हुन्न भन्थ्यौ पहिले पहिले
एक्लो पार्यौ एक्लो भई, जेन तेन जिएँ आज

कति कति रोएँ म त, आज जस्तै रात दिन
एैल्यै छाड्ने निर्णय भो, दोधारमा थिएँ आज

“प्राञ्जल”आवश्यकता अनुसारको गजलकार
ओख्रेनी–६,रामेछाप

गजल


                   गजल
फूल देख्दा किन मलाई, कुच्याई फालौँ लाग्छ अचेल
तिमले दे’का चिठी तस्वीर, बालौं बालौं लाग्छ अचेल

पिरै पिरले फुलेका यी, कपाल र दाह्री जुंगा
काट्न कोर्न मन लाग्दैन, पालौं पालौं लाग्छ अचेल

नशा बाट टाढै वसी, परैबाट भाग्थें पहिले
शरिरलाई नशा लगाई, ढालौं ढालौं लाग्छ अचेल

तिम्रो पछि लाग्दा खेरी, आफन्त नै पराई भए
च्यात्तिएका साम्बन्ध ती, टालौं टालौं लाग्छ अचेल

फूल्यो फल्यो हाम्रो माया, रोपेका थ्यौं कुर्नै दिन
झर्ने बेला भयो क्यार, गालौं गालौं लाग्छ अचेल

नसोचेको अनौठो चाल, चाल्यौ तिमले पापिनीले
मलाई पनि अनौठो चाल, चालौं चालौं लाग्छ अचेल

विन्देश मगर“प्राञ्जल”
ओख्रेनी–६,रामेछाप

Please Comment here!