Thursday, July 19, 2012

कथा-त्यो झरी..........


"हत्तेरीका ! कति चाँडो उज्यालो भएको यो घामलाई पनि के म उठ्नु भन्दा अगाडी आउनुपर्ने ।" म साह्रै अल्छी मानेर उठ्छु उठ्ने वित्तिकै मोवाइलमा विहान ६ बजेको काया कैरन सुन्न रेडियो बजाउछु पौने सात भइसकेछ । "काया कैरन" जानुभन्दा ढिलो उठिएछ बा, अब मुख धुने बिचारले धारा तिर लाग्छु । त्यहिनेर त्यहि परिचित अनुहार घाम भन्दा उज्यालो गरी झुल्किन्छे ।
“भर्खर उठेको ?”
बिना सम्बोधन, बिना Greetings एकै चोटी चोटीलो प्रश्न तेर्सिन्छ म माथी । पहिला पहिला त सम्बोधन र ग्रिटिङ्स पनि चल्थ्यो । सायद अब मलाई एकदम नजिकको ठानी होला र मैले पनि त्यस्तै सोचें हुँला सम्बोधन, नाम काट्ने र ग्रिटिङ्स बिनाको संवाद बोलिन्छ उनीसंग प्राय !

Monday, July 2, 2012

कथा - परिक्षण


“जय नेपाल विजय जी ।”
“जय नेपाल ।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु । प्रकाश मेरो समकक्षी साथी DSP हो । उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो । CBI मा सँग सँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले उ मेरो कार्यकक्षमा आईरहन्छ । आज पनि विहानै उ मेरो अफिसमा आएको छ । 
“के काममा व्यस्त हो आजकल ?” उ मलाई सोध्छ ।
“ऐले त्यस्तो कुनै नयाँ विशेष अप्रेसन त छैन तर हिजो मात्रै सोल्टी होटलबाट फर्केको । त्यहाँ एक जर्मन पर्यटकको निगरानी गर्न गएको थिएँ । खासै त्यस्तो संकास्पद कुरा भेटिएन । ३ दिन सोल्टी होटलको खानपिन र बसाई भो, बस् उपलब्धी त्यति भो ।”
“अनि के को लागि खटाईएको थियो र तिमीलाई ?”

Wednesday, April 18, 2012

ई–जेनेरेसन होइन एफ.एम. जेनेरेसन


भनिन्छ आजको पुस्ता भनेको ई–जेनेरेसन हो, जसले देश निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ । ईमेल इन्टरनेटका साथै अत्याधुनिक विद्युतिय सामाग्रीका कारण विभिन्न देशमा अग्रगामी परिवर्तन भएको छ । हाम्रो देश भने जुन सुकै कुरामा पछि परेको छ । हाम्रो देशमा ईमेल इन्टरनेटको प्रयोग बढ्दो छ, फेसबुका मात्रै पनि करिब १५ लाख प्रयोगकर्ता भएको अनुमान छ । तर नेपालको ग्रामिण इलाका भने एफ.एम. रेडियोमय छ । नेपालमा सबै जसो जिल्लामा खुलेका एफ.एम. रेडियो स्टेसनहरुको सँख्याले यसको पुष्टी गर्दछ । वि.सं. २०६० साल तिर सम्म ग्रामिण इलाकामा एफ.एम. कमै सुन्न पाइन्थ्यो । कान्तिपुर एफ.एम., रेडियो एच.वि.सी., रेडियो सगरमाथा लगाएतका एफ.एम.हरु थिए त्यतिबेला ती पनि सबै ठाउँमा कहाँ आउँथ्यो र ? त्यसताका सर्ट वेभ र मिडियम वेभ व्याण्डमा रेडियो नेपाल भने प्राय जहाँसुकै टिप्थ्यो । रेडियो नेपालले २०६२÷०६३ को जन आन्दोलनको बेलामा शाही शासन नियन्त्रणमा भएकोले नेपाल आमा सुपुत्रहरुले साहदात प्राप्त गरि रहँदा “......जना आतङ्ककारी मारियो ।” भनेर खबर दिन्थ्यो । तै पनि नेपाली जनताहरुको सुन्ने अरु सञ्चार माध्यम नभएको र रेडियोस्टेसन पनि अरु नभएकोले सोही खबर नै विश्वास गर्न बाध्य थिए । तर आज त्यस्तो अवस्था छैन लगभग लगभग सर्ट वेभ र मिडियम वेभ को जमाना गयो भन्दा पनि कुनै अपत्ति नहोला । एफ एम रेडियोको बाढी नै आयो देशमा  । एफ एम  रेडियो नेपालको कुना काप्चामा पुग्ने सबै भन्दा प्रभावकारी सञ्चार माध्यम बन्न पुगेको छ । अधिकाँस सुचना र मानोरञ्जनको गतिलो माध्यम हो एफ.एम. रेडिडयो । त्यसैले ने आजको ई–जेनेरेसन भनाउँदा युवा पुस्ताको पनि आकर्षण रेडियोमै रहेको छ । युवा पुस्ताको ध्यान समाचार भन्दा बढी मनोरञ्जनमा केन्द्रित देखिन्छ । ग्रामिण बस्तीमा एफ.एम. रेडियोमा लोक दोहोरीको कार्यक्रम आउँदा रेडियो ठुलो स्पीकरमा ठूलो आवाजमा जति सक्दो टाढा पनि सुन्ने गरी बजाउने प्रतिस्पर्धा नै चल्छ युवा पुस्ताहरुमा । त्यसैले गर्दा गाउँघरमा पर बाट “ए साइला” भनि बोलाउनु भन्दा पहिला रेडियो बजेको छ छैन त्यो ख्याल गर्नु पर्ने हुन्छ ।
मैले रामेछापका ग्रामिण क्षेत्रमा आफ्नो कामको सिलसिलामा फिल्ड भ्रमण गर्दा देखिएका घरहरुमा राखिएका अनि बजिरहेका रेडियोहरु र तीनका स्पीकरहरुको फोटो खिचेर यस ब्लगमा राख्ने प्रयास गरेको छु ।





Please Comment here!