Wednesday, April 18, 2012

ई–जेनेरेसन होइन एफ.एम. जेनेरेसन


भनिन्छ आजको पुस्ता भनेको ई–जेनेरेसन हो, जसले देश निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ । ईमेल इन्टरनेटका साथै अत्याधुनिक विद्युतिय सामाग्रीका कारण विभिन्न देशमा अग्रगामी परिवर्तन भएको छ । हाम्रो देश भने जुन सुकै कुरामा पछि परेको छ । हाम्रो देशमा ईमेल इन्टरनेटको प्रयोग बढ्दो छ, फेसबुका मात्रै पनि करिब १५ लाख प्रयोगकर्ता भएको अनुमान छ । तर नेपालको ग्रामिण इलाका भने एफ.एम. रेडियोमय छ । नेपालमा सबै जसो जिल्लामा खुलेका एफ.एम. रेडियो स्टेसनहरुको सँख्याले यसको पुष्टी गर्दछ । वि.सं. २०६० साल तिर सम्म ग्रामिण इलाकामा एफ.एम. कमै सुन्न पाइन्थ्यो । कान्तिपुर एफ.एम., रेडियो एच.वि.सी., रेडियो सगरमाथा लगाएतका एफ.एम.हरु थिए त्यतिबेला ती पनि सबै ठाउँमा कहाँ आउँथ्यो र ? त्यसताका सर्ट वेभ र मिडियम वेभ व्याण्डमा रेडियो नेपाल भने प्राय जहाँसुकै टिप्थ्यो । रेडियो नेपालले २०६२÷०६३ को जन आन्दोलनको बेलामा शाही शासन नियन्त्रणमा भएकोले नेपाल आमा सुपुत्रहरुले साहदात प्राप्त गरि रहँदा “......जना आतङ्ककारी मारियो ।” भनेर खबर दिन्थ्यो । तै पनि नेपाली जनताहरुको सुन्ने अरु सञ्चार माध्यम नभएको र रेडियोस्टेसन पनि अरु नभएकोले सोही खबर नै विश्वास गर्न बाध्य थिए । तर आज त्यस्तो अवस्था छैन लगभग लगभग सर्ट वेभ र मिडियम वेभ को जमाना गयो भन्दा पनि कुनै अपत्ति नहोला । एफ एम रेडियोको बाढी नै आयो देशमा  । एफ एम  रेडियो नेपालको कुना काप्चामा पुग्ने सबै भन्दा प्रभावकारी सञ्चार माध्यम बन्न पुगेको छ । अधिकाँस सुचना र मानोरञ्जनको गतिलो माध्यम हो एफ.एम. रेडिडयो । त्यसैले ने आजको ई–जेनेरेसन भनाउँदा युवा पुस्ताको पनि आकर्षण रेडियोमै रहेको छ । युवा पुस्ताको ध्यान समाचार भन्दा बढी मनोरञ्जनमा केन्द्रित देखिन्छ । ग्रामिण बस्तीमा एफ.एम. रेडियोमा लोक दोहोरीको कार्यक्रम आउँदा रेडियो ठुलो स्पीकरमा ठूलो आवाजमा जति सक्दो टाढा पनि सुन्ने गरी बजाउने प्रतिस्पर्धा नै चल्छ युवा पुस्ताहरुमा । त्यसैले गर्दा गाउँघरमा पर बाट “ए साइला” भनि बोलाउनु भन्दा पहिला रेडियो बजेको छ छैन त्यो ख्याल गर्नु पर्ने हुन्छ ।
मैले रामेछापका ग्रामिण क्षेत्रमा आफ्नो कामको सिलसिलामा फिल्ड भ्रमण गर्दा देखिएका घरहरुमा राखिएका अनि बजिरहेका रेडियोहरु र तीनका स्पीकरहरुको फोटो खिचेर यस ब्लगमा राख्ने प्रयास गरेको छु ।












No comments:

Post a Comment

Please Comment here!