Showing posts with label My Article. Show all posts
Showing posts with label My Article. Show all posts

Thursday, July 19, 2012

कथा-त्यो झरी..........


"हत्तेरीका ! कति चाँडो उज्यालो भएको यो घामलाई पनि के म उठ्नु भन्दा अगाडी आउनुपर्ने ।" म साह्रै अल्छी मानेर उठ्छु उठ्ने वित्तिकै मोवाइलमा विहान ६ बजेको काया कैरन सुन्न रेडियो बजाउछु पौने सात भइसकेछ । "काया कैरन" जानुभन्दा ढिलो उठिएछ बा, अब मुख धुने बिचारले धारा तिर लाग्छु । त्यहिनेर त्यहि परिचित अनुहार घाम भन्दा उज्यालो गरी झुल्किन्छे ।
“भर्खर उठेको ?”
बिना सम्बोधन, बिना Greetings एकै चोटी चोटीलो प्रश्न तेर्सिन्छ म माथी । पहिला पहिला त सम्बोधन र ग्रिटिङ्स पनि चल्थ्यो । सायद अब मलाई एकदम नजिकको ठानी होला र मैले पनि त्यस्तै सोचें हुँला सम्बोधन, नाम काट्ने र ग्रिटिङ्स बिनाको संवाद बोलिन्छ उनीसंग प्राय !

Monday, July 2, 2012

कथा - परिक्षण


“जय नेपाल विजय जी ।”
“जय नेपाल ।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु । प्रकाश मेरो समकक्षी साथी DSP हो । उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो । CBI मा सँग सँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले उ मेरो कार्यकक्षमा आईरहन्छ । आज पनि विहानै उ मेरो अफिसमा आएको छ । 
“के काममा व्यस्त हो आजकल ?” उ मलाई सोध्छ ।
“ऐले त्यस्तो कुनै नयाँ विशेष अप्रेसन त छैन तर हिजो मात्रै सोल्टी होटलबाट फर्केको । त्यहाँ एक जर्मन पर्यटकको निगरानी गर्न गएको थिएँ । खासै त्यस्तो संकास्पद कुरा भेटिएन । ३ दिन सोल्टी होटलको खानपिन र बसाई भो, बस् उपलब्धी त्यति भो ।”
“अनि के को लागि खटाईएको थियो र तिमीलाई ?”

Wednesday, April 18, 2012

ई–जेनेरेसन होइन एफ.एम. जेनेरेसन


भनिन्छ आजको पुस्ता भनेको ई–जेनेरेसन हो, जसले देश निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ । ईमेल इन्टरनेटका साथै अत्याधुनिक विद्युतिय सामाग्रीका कारण विभिन्न देशमा अग्रगामी परिवर्तन भएको छ । हाम्रो देश भने जुन सुकै कुरामा पछि परेको छ । हाम्रो देशमा ईमेल इन्टरनेटको प्रयोग बढ्दो छ, फेसबुका मात्रै पनि करिब १५ लाख प्रयोगकर्ता भएको अनुमान छ । तर नेपालको ग्रामिण इलाका भने एफ.एम. रेडियोमय छ । नेपालमा सबै जसो जिल्लामा खुलेका एफ.एम. रेडियो स्टेसनहरुको सँख्याले यसको पुष्टी गर्दछ । वि.सं. २०६० साल तिर सम्म ग्रामिण इलाकामा एफ.एम. कमै सुन्न पाइन्थ्यो । कान्तिपुर एफ.एम., रेडियो एच.वि.सी., रेडियो सगरमाथा लगाएतका एफ.एम.हरु थिए त्यतिबेला ती पनि सबै ठाउँमा कहाँ आउँथ्यो र ? त्यसताका सर्ट वेभ र मिडियम वेभ व्याण्डमा रेडियो नेपाल भने प्राय जहाँसुकै टिप्थ्यो । रेडियो नेपालले २०६२÷०६३ को जन आन्दोलनको बेलामा शाही शासन नियन्त्रणमा भएकोले नेपाल आमा सुपुत्रहरुले साहदात प्राप्त गरि रहँदा “......जना आतङ्ककारी मारियो ।” भनेर खबर दिन्थ्यो । तै पनि नेपाली जनताहरुको सुन्ने अरु सञ्चार माध्यम नभएको र रेडियोस्टेसन पनि अरु नभएकोले सोही खबर नै विश्वास गर्न बाध्य थिए । तर आज त्यस्तो अवस्था छैन लगभग लगभग सर्ट वेभ र मिडियम वेभ को जमाना गयो भन्दा पनि कुनै अपत्ति नहोला । एफ एम रेडियोको बाढी नै आयो देशमा  । एफ एम  रेडियो नेपालको कुना काप्चामा पुग्ने सबै भन्दा प्रभावकारी सञ्चार माध्यम बन्न पुगेको छ । अधिकाँस सुचना र मानोरञ्जनको गतिलो माध्यम हो एफ.एम. रेडिडयो । त्यसैले ने आजको ई–जेनेरेसन भनाउँदा युवा पुस्ताको पनि आकर्षण रेडियोमै रहेको छ । युवा पुस्ताको ध्यान समाचार भन्दा बढी मनोरञ्जनमा केन्द्रित देखिन्छ । ग्रामिण बस्तीमा एफ.एम. रेडियोमा लोक दोहोरीको कार्यक्रम आउँदा रेडियो ठुलो स्पीकरमा ठूलो आवाजमा जति सक्दो टाढा पनि सुन्ने गरी बजाउने प्रतिस्पर्धा नै चल्छ युवा पुस्ताहरुमा । त्यसैले गर्दा गाउँघरमा पर बाट “ए साइला” भनि बोलाउनु भन्दा पहिला रेडियो बजेको छ छैन त्यो ख्याल गर्नु पर्ने हुन्छ ।
मैले रामेछापका ग्रामिण क्षेत्रमा आफ्नो कामको सिलसिलामा फिल्ड भ्रमण गर्दा देखिएका घरहरुमा राखिएका अनि बजिरहेका रेडियोहरु र तीनका स्पीकरहरुको फोटो खिचेर यस ब्लगमा राख्ने प्रयास गरेको छु ।





Tuesday, November 15, 2011

रुवायो

ती पुराना,
सम्झनाले रुवायो ।
ती क्षण भरका,
सपनाले रुवायो ।
ती रमाईला,
कल्पनाले रुवायो ।
ती अपुर्ण,
चाहानाले रुवायो ।
ती उनका,
बहानाले रुवायो ।
ती दैवका,
निसानाले रुवायो ।
ती खराब,
जमानाले रुवायो ।

Monday, November 14, 2011

सेना समायोजन यसरी गर्दा कसो होला ?

अहिले देश शान्ति प्रक्रियाको महत्वपुर्ण घडीमा छ । एक दशक भन्दा लामो द्वन्द सामाधान हुँदै व्यवस्थापनको क्रममा छ । माओवादी सेना समायोजन (बहिर्गमन भन्दा चहिँ उपयुक्त हुन्थ्यो कि) हुँदैछ । यद्दपी अहिले दलहरु सहमतिमा पुगेको प्रक्रियामा माओवादीका मोहन वैद्य पक्षधरहरु सम्मानजनक समायोजन नभएको भन्दै सन्तुष्ट छैनन् । त्यसैले ढिलै भए पनि मैले सम्मानजनक लडाकु समायोजको लागि यो सुझाव प्रस्तुत गरेको छु ।
मेरो भनाई हाल गर्न लागिएको सबै प्रक्रिया गलत छ भन्ने हैन, त्यसमा स्वच्छिक अवकास, सेनामा समायोजन र पुनस्थापना तीनवटा विकल्पहरुमा अर्को “सम्मानजनक समायोजन” नामको विकल्प खडा गरी त्यस अन्तरगतको विकल्पमा छनौट भएका लडाकुहरुको छुट्टै सुरक्षा निकाय स्थापना गरौँ भन्ने हो । कसरी गर्ने र यसो गर्दाका असिमित फाइदाहरु (मध्ये प्रमुख) निम्नानुसार रहेका छन् :

Monday, October 24, 2011

गजल नं ५


तिमले माया मार्यौ क्यारेत्यै भएर लेख्छु गजल
बाँच्ने मेरो साहारा खै?, त्यै भएर देख्छु गजल

माया प्रेमको संसारमाहिजो सम्म बाँचेको थें
आज बाट छोडी दिएँत्यै भएर टेक्छु गजल

महँगीको संसारमातिमले माया बेच्यौ क्यारे
मेरो बेच्ने केही छैनत्यै भएर बेच्छु गजल

तिमले हामले लाको मायाघाँटी रेटी मार्यौ आज
मेरो रेट्ने केही छैनत्यै भएर रेट्छु गजल

आजको रात भेट्यौ होलातिमले आफ्नो मायालुलाई
पागल मेरो कोही छैनत्यै भएर भेट्छु गजल

नशा लाग्ने मदिरा त्योकहिले मैले लिने गर्छु ?
नशा लाग्यो धोखे प्रेमकोत्यै भएर पेग्छु गजल

फेसबुक साथीलाई चिठी

मिति: २०६७-११-२७

प्रिय मित्र,
धेरै धेरै माया,
गुगलले सर्च गरेर पनि नभ्याउने सम्झना ।

तपाईलाई अचम्म लाग्न सक्छ, यो अहिलेको वैज्ञानिक युगको ई–जेनेरेसन ले चिठी लेखेको देख्दा । हो जसरी तपाईलाई यो चिठी देख्दा अचम्म लाग्छ त्यसरी नै मलाई अचम्म लागेका केही कुराहरु म यस पत्र मार्फत तपाईलाई व्यक्त गर्न चाहान्छु । साँच्चै साथी अचेल त यसरी चिठी लेख्ने त चलानै हराए, मेरा बाबाले आफ्नो पोखरामा रहनुभएको साथीलाई चिठी लेखेको देखेको थिएँ। धेरै पहिला होइन, २०५५ साल तिर अर्थात आज भन्दा १२ वर्ष पहिले । कति परिवर्तन भएको छ,यो १२ वर्षमा, अबको १२ वर्षमा त झन् के हुने हो भन्न सकिन्न ।

Sunday, October 23, 2011

गजल नं. ४


क्या झुर, हुँदैछ जिन्दगी
आफैँ सँग, रुँदैछ जिन्दगी

एक्लै हुनुकेा, पिडै बेग्लै
आँशुले पिडा, धुँदैछ जिन्दगी

आकाश छुने, सपना थियो
बगरको बालुवा, छुँदैछ जिन्दगी

सोच्या हुन्न, नसोचेकै हुने खाली
उँभो होइन, सधैँ उँधैछ जिन्दगी

फूल्ला फल्ला, ठानेको थेँ
ओइलाईकन, कुहुँदैछ जिन्दगी

Friday, October 21, 2011

गजल


विझाउने यादहरु, तिमी सँगै लिई जाऊ
फाटिएका मनहरु, मनैमनले सिई जाऊ

यसै गरी जिउनु भन्दा, सँधैभरी तड्पी तड्पी
मर्छु बरु बीस खाई, एक प्याला दिई जाऊ

सुख दिन नसकेनी, खुसी दिन सक्थेँ मैले
मेरै कारण दुखी भए, म बिना जीई जाऊ

सजाएथेँ मुटु भित्र, काँडा सरी बिझाई दियौ
विझाएरै मार्ने भयैा, सक्छौ भने खिई जाऊ

तिमलाई हाँसो भए पनि, मलाई पासो भएकैछ
सक्छै भने वितेका ती, सबै पल पिई जाऊ

Wednesday, October 19, 2011

विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा


तिमीलाई विर्सन के गरिनँ ?
ट्वीटर खोलेँ टाइमलाईनभरी तिमीलाई देखेँ
फेसबुक खोलेँ वाल भरी तिमी नै तिमी थियौ
पुस्तक पढ्न पल्टाएँ पुस्तकका सबै पाना, हरफ र लाईन भरी तिमीलाई देखेँ
सङ्गीत सुनेँ सङगीतका हर सुर ताल भरी तिमी नै तिमी थियौँ
तिमी गयौ तर तिम्रो याद गएन
टाढा भयौ तर तिम्रो याद टाढा भएन
कविता लेख्न लागेँ कवितामा तिमी अटाएनौँ
गजल लेख्न लागेँ गजलका सेरमा तिमी अटाएनौँ
जे गर्न लागे नि तिम्रो यादले झस्काउँछ अनि म असफल हुन्छु
त्यसैले तिम्रो यादमा कविता लेखिनँ, गजल लेखिनँ, फेसबुक र ट्वीटरमा स्टाटस लेखिनँ
ब्लग लेख्न बसेँ तर यो पनि अधुरो अपुरो भयो
विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा...........

Thursday, October 13, 2011

सुपर के उपर बेठकर मत चलो (Photoblog)

सिन्धुलीको रातमाटा झागाझुलीमा बस दुर्घटना भई ठूलो छ्यती भएको छ । करिब ४० जनाको मृत्यु र १५ जना जति घाइते भएका छन् । पुरै फेसबुक, ट्वीटर र अन्य इन्टरनेट यसै समाचारले भरिएको छ । कोही सरकारलाई गाली गर्दैछन्, कोही ड्राईभरलाई, कोही ट्राफिक प्रहरीलाई, कोही यातायात समितिलाई त कोही भगवान्लाई नै गाली गर्दैछन् । मृत्यु हुने मात्रै ४० जना नाघेको र भित्र र माथी गरी ७०–८० जना जति यात्रु भएको समाचारले क्षमता भन्दा बढी यात्रु नै दुर्घटनाको कारण भएको पुष्टी हुन्छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर गाडी यात्रा गरिएको नेपालका सबै जसो स्थानमा देख्न सकिन्छ । मेरो गाउँ पनि आज दुर्घटना भएको ठाउँ बाट १५–२० कि.मी. मात्रै टाढा पर्छ ।

नेपाङ्गे्रजी


केही दिन अघि मैले एकजाना दशैँको बेला माइत आएकी मित्रलाई भेटेको थिएँ । उनको ४–५ महिना अघि मात्रै काठमाडौँमा विहे भएको थियो । उनले सहरमा बसेको छनक देखाउन हो या उनको बानी हो उनी बीच बीचमा व्यापक अँग्रेजी मिसाएर बोल्थिन् । “कस्तो सेल्फिस तिमी त मलाई एक कल पनि गरेनौँ ......” उनले म सँग भनिन् “तिमीले त म सँग फेसबुकमा मैले रिक्वएस्ट गर्दा पनि रेस्पोन्स दिएनौँ । बरु तिम्रो दाईले मेरो फोटोमा कमिटमेन्ट गर्नु भएको थियो ।” मलाई त्यतिबेला अजय दिक्षितले केही “नेपाल”मा “लेक साइडमा त भैँसी पनि अंग्रजी बोल्छन् रे ।” भनेर लेखेको व्याङ्ग्यात्मक लेख सम्झना आयो । जानी नजानी अंग्रजी बोल्ने चाहे अनर्थ नै लागोस् न । मेरा एक जाना मित्रले मलाईृ एउटा गोष्ठीमा आफ्नो प्रस्तुतिकरण पछि “विन्देश जी, मेरो प्रिजेन्टेसनमा केही कमाइन्ड छ ?” भनेर प्रश्न सोध्थे । म "कमेन्ट"लाई "कमाइन्ड" भनेको भनि बुझ्दथेँ ।

Monday, October 10, 2011

फेसबुक बन्द हुँदैछ रे ।


आउँदो नोभेम्बर ९ देखी फेसबुक ह्याकरहरुले फेसबुक बन्द गराउने धम्की दिएका छन् रे । त्यो धम्की धम्कीमा मात्रै सिमित हुने हो की साँच्ची नै बन्द हुने हो त्यो भने कसैले भविष्यवाणी गर्न सक्दैन । फेसबुकका प्रयोगकर्ता नेपालमै १३ लाख जति  छन् भने विश्वमा करोडौँको हरपलको साथी बनेको छ फेसबुक । यसरी बन्द गराउने हल्ला हल्ला मात्र हो भनेर ढुक्क हुन पनि सकिन्न किनकी प्रविधिको विकास सँगै त्यति काम गर्न सक्ने ह्याकरहरु छैनन् भनेर ढुक्क हुन सकिन्न । सँच्चै बन्द होला नहोला त्यो छुट्टै बहसको विषय वन्ला तर भर्खर भर्खर ब्लगर बनेर आफ्नो ब्लग अपडेट गर्न सिक्दै गरेको सुचना प्रविधिको सिकारु यो दिमागले “फेसबुक बन्द भए के होला ?” भन्ने अनुमान बारे आफ्नो विचार यस ब्लगमा आफ्नो विचार छर्किन लागेको छु ।

Saturday, September 24, 2011

साइकल चढौँ पृथ्वीलाई माया गरौँ


केही दिन अगाडी सञ्चारमाध्यममा खाद्यन्नमा भएको मिसावट र त्यसको लागि वाणिज्य विभागले गरेको अनुगमन र कारबाहीले निकै चर्चा कमायो । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल साइटहरुमा पनि यस कुरा निकै छायो । काठमाडौँ लगाएतका केही सहरहरुमा मिसावटको बारेमा कुरा चलिरहँदा हामीले प्रत्येक क्षण लिईरहेका हावाको मिसावट (वायु प्रदुषण) को बारेमा चहिँ कहीँ चिन्तन मनन नभएको देख्दा मलाई दुख लागेर आउँछ । त्यसको कतै चर्चा सुनिन्न । सबैले महसुस गरेकै हो काठमाडौँको हावा स्वच्छ छैन । केही घण्टा सडक छेउ हिँडिरहने हो भने नाक, आँखामा धुवाँ जम्छ । गाउँबाट पहिलो चोटी काठमाडौँ छिरेकाले हावा नमिठो गन्हाउने महसुस गर्छन् । यसको बारेमा सम्बन्धित विज्ञले विस्तृत अध्यायन गर्ने हो भने झन् स्थिति भयावह रहेको कुरा सार्वजनिक हुन सक्छ । यसको परिणाम विभिन्न आँखा र स्वासप्रस्वास लगाएतका विभिन्न रोगको सिकार हुन हामी बाध्य छौँ । खाद्यपदार्थमा भएको मिसावट भन्दा यो गम्भिर सवाल हो । किनकी हावा विना हामी मानव लगाएत सबै जीव जन्तु बाँच्न सक्दैनौँ । त्यसैले हामीले प्रत्येक सेकेण्ड सेकेण्डमा लिने गरेका हाम्रो वायुमण्डलको हावा स्वच्छ राख्न हामी सबै जिम्मेवार नागरिक लागिपर्नु पर्छ ।

Tuesday, September 6, 2011

यो के ? कि गजल, कि कविता न गजल, न कविता

हो यार
के प्यार ?
न वार
न पार


के दुई
के चार
कि बस
कि कार
न विस्तृत
न सार

के जीत
के हार
कि अम्ल
कि क्षार
न हलुका
न भार

Saturday, August 20, 2011

हाम्रो सम्बन्ध

३ र ३ को ३३ जस्तो हैन
६ र ६ को ६६ जस्तो पनि हैन
३ र ६ को ३६ जस्तो झन् हुनै हुन्न,
मात्र
६ र ३ को ६३ जस्तो हुनु पर्छ
हाम्रो सम्बन्ध,
एक अर्का लाई हेरिरहैा
एक अर्काको ख्याल गरिरहैा
सधै साथी बनिरहैा


Tuesday, August 16, 2011

लघुकथा : अर्काको जुठो



“जे भने First love is first love पहिलो प्रेम कसैले भुल्न सक्दैन, यो तिमीमा पनि लागु हुन्छ । त्यसैले मसँगको तिम्रो प्रेम चोखो मान्न सकिदैन । ” यी बाणरुपी शब्दहरुले मेरो मुटुमा काँडा सरी विझाएको छ । बेकार भनेछु जस्तो लाग्यो उनलाई मेरो यो भन्दा अगाडी कसै सँग प्रेम थियो भनेर । प्रेममा ढाँट छल हुँदैन  त्यसैले मैले उनी सँग कुनै कुरा लुकाइनँ । उनलाई यो पनि मैले प्रष्टै पारेको हो कि मैले माया गर्दा गर्दै मलाई छोडेर गएकी थिइन् भनेर । त्यसैले उनको के जिकीर छ भने पहिला नै कसैलाई दिईसकेको मेरो प्रेम उनमा कम हुन्छ अर्थात “उसलाई जति माया दियौ त्यति मलाई दिन सक्दैनौ । ”
आज उनले मलाई उनको कोठामै बोलाएकी थिइन् । म मेरो अफिस छुट्टी हुने वित्तिकै सिधै उनको कोठा पुगें । उनी भने उनको अफिसबाट फर्किदै थिइन् । त्यसैले मैले फोन गर्दा त्यही कुर्न आग्रह गरिन् । म उनको कोठा अगाडी बेन्चमा बसेर उनको प्रतिक्षा गर्न लागें । बेन्च नजिकै फोहर  राख्ने डस्वीन थियो । अचानक मेरो नजर त्यसमा रहेको एउटा कागजको टुक्रामा गयो । त्यसपछि म छाँगा बाट खसे जस्तै भएँ ।  त्यस कागज उनको नाउँमा काटिएको कुनै हस्पिटलको विरामी पुर्जा थियो । त्यसको निदानमा एउटा शब्द थियो Abortion

मुक्तक



जून मैले पाएकै छु ।
तिमीले पनि पाएकै्र हौला ।
खाली तिमीलाई छुन मात्रै नपाएको ।
रुन मैले पाएकै छु ।
तिमीले पनि पाएकै हौला ।
खाली तिम्रो हुन मात्रै नपाएको ।

Wednesday, July 6, 2011

म र तिमी


छु ।
तिमी छौ ।
विचमा लाई भई दिएको भए :
मलाई तिमी

तिमीलाई म 
हुने थियो ।
विभक्ति विनाको सम्बन्ध भयौं हामी ।
कहिले हुनु वाक्य
कहिले हुनु काव्य

Thursday, June 30, 2011

Love letter

मिति : २०६८/०३/११
शनिवार
मेरी मुटु की धड्कन पल्मोनरी धमनी,
पल्मोनरी शिरा

मेरी सुन्तली भनेर भन्दा रिसाउली होली ।
नाम सुन्तली नै भए पनि तिमीलाई मन पर्ने मेरी स्वीटी ।

Please Comment here!