Saturday, September 24, 2011

साइकल चढौँ पृथ्वीलाई माया गरौँ


केही दिन अगाडी सञ्चारमाध्यममा खाद्यन्नमा भएको मिसावट र त्यसको लागि वाणिज्य विभागले गरेको अनुगमन र कारबाहीले निकै चर्चा कमायो । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल साइटहरुमा पनि यस कुरा निकै छायो । काठमाडौँ लगाएतका केही सहरहरुमा मिसावटको बारेमा कुरा चलिरहँदा हामीले प्रत्येक क्षण लिईरहेका हावाको मिसावट (वायु प्रदुषण) को बारेमा चहिँ कहीँ चिन्तन मनन नभएको देख्दा मलाई दुख लागेर आउँछ । त्यसको कतै चर्चा सुनिन्न । सबैले महसुस गरेकै हो काठमाडौँको हावा स्वच्छ छैन । केही घण्टा सडक छेउ हिँडिरहने हो भने नाक, आँखामा धुवाँ जम्छ । गाउँबाट पहिलो चोटी काठमाडौँ छिरेकाले हावा नमिठो गन्हाउने महसुस गर्छन् । यसको बारेमा सम्बन्धित विज्ञले विस्तृत अध्यायन गर्ने हो भने झन् स्थिति भयावह रहेको कुरा सार्वजनिक हुन सक्छ । यसको परिणाम विभिन्न आँखा र स्वासप्रस्वास लगाएतका विभिन्न रोगको सिकार हुन हामी बाध्य छौँ । खाद्यपदार्थमा भएको मिसावट भन्दा यो गम्भिर सवाल हो । किनकी हावा विना हामी मानव लगाएत सबै जीव जन्तु बाँच्न सक्दैनौँ । त्यसैले हामीले प्रत्येक सेकेण्ड सेकेण्डमा लिने गरेका हाम्रो वायुमण्डलको हावा स्वच्छ राख्न हामी सबै जिम्मेवार नागरिक लागिपर्नु पर्छ ।

Wednesday, September 14, 2011

यसलाई कसले उत्तानो पारेछ ।

एउटा शिक्षकले A, B, C,D... पढाउँदा A फर अम्बरेको बुढी,B फर बलेको बुढी,C फर चन्द्रको बुढी....... M फर मानेको बुढी भनेर पढाउँथ्यो । उसले M सम्म मात्रै पढाएको थियो । एक पटक निरीक्षक आएछ र सोध्न थालेछ । M सम्म सबै लेटरहरु चिन्दै गएछ त्यस भन्दा पछि भने चिनेनछ । पछि जब W मा आई पुग्यो विद्यार्थीले भनेछ । "हुन त यो मानेके बुढी हो तर यसलाई कसले उत्तनो पारेछ त्यो चहि थाहा भएन सर ।"

Saturday, September 10, 2011

रामेछाप गा.वि.स.का जनताहरु नगरपालिका घोषणाको पुन सिफरिस प्रति असन्तुष्ट: प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईने


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गा.वि.स.का राजैतिक दल तथा विभिन्न पक्षहरुले रामेछाप जिल्लाको घोषणा गरिएको सदरमुकाम को पुन संसोधन गर्न गरिएको जि.वि.स.को सिफारिस अवैज्ञालनिक रहेको भन्दै त्यसको पुनर्मुल्यांकन गर्न माग गरेका छन् ।

Tuesday, September 6, 2011

यो के ? कि गजल, कि कविता न गजल, न कविता

हो यार
के प्यार ?
न वार
न पार


के दुई
के चार
कि बस
कि कार
न विस्तृत
न सार

के जीत
के हार
कि अम्ल
कि क्षार
न हलुका
न भार

Friday, September 2, 2011

झाडापखालाको औषधी सिटामोल


यो अन्तरवार्ता रामेछाप जिल्ला देउराली गा.वि.स. को उपस्वास्थ्य चौकी सँगै जोडिएर रहेको पसल राख्ने वेदमाया मगरको हो । उहाँलाई नेवेल कलेज काठमान्डुका वि.पि.एच. तेस्रो वर्षमा अध्यायनरत विद्यार्थी विष्णु खत्री ले लिनुभएको हो । जसमा उहाँले झाडापखालाको औषधी थाहा नभएको, झाडा पखाला लाग्दा बच्चा लाई सिटामोल खुवाउने गरेको बताउनु भयो । "जीवनजल कसरी खुवाउने ?" भन्ने प्रश्नमा उहाले मुठीमा राखेर त्यतिकै खुवाउने गरेको बताउनु भयो । वेदमाया मगर (बोलाउने नाम विन्दा)को उपस्वास्थ्यचौकी देउराली सँगै पसल छ । उहाँले उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र विरामी लागाएत कुरुवालाई अडर अनुसार खाजा तयार पार्नु हुन्छ । "उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सँगै सँधै उठबस हुने मान्छेको त चेतना यति छ भने अन्य गाउँका सर्वसाधारणको अवस्था के होला ? सजिलै अनुमान गर्न सकिन्छ ।" विद्यार्थी खत्री भन्दै थिए । यस उप स्वास्थ्यचौकीका इन्चार्ज रामशरण पौडेल भने सोही गा.वि.स.का स्थानीय वासिन्दा हुन् । जसले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै राष्टिय स्तरको पुरस्कार Nick simons Award 2011 पाएका थिए ।

Please Comment here!