यो अन्तरवार्ता रामेछाप जिल्ला देउराली गा.वि.स. को उपस्वास्थ्य चौकी सँगै जोडिएर रहेको पसल राख्ने वेदमाया मगरको हो । उहाँलाई नेवेल कलेज काठमान्डुका वि.पि.एच. तेस्रो वर्षमा अध्यायनरत विद्यार्थी विष्णु खत्री ले लिनुभएको हो । जसमा उहाँले झाडापखालाको औषधी थाहा नभएको, झाडा पखाला लाग्दा बच्चा लाई सिटामोल खुवाउने गरेको बताउनु भयो । "जीवनजल कसरी खुवाउने ?" भन्ने प्रश्नमा उहाले मुठीमा राखेर त्यतिकै खुवाउने गरेको बताउनु भयो । वेदमाया मगर (बोलाउने नाम विन्दा)को उपस्वास्थ्यचौकी देउराली सँगै पसल छ । उहाँले उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र विरामी लागाएत कुरुवालाई अडर अनुसार खाजा तयार पार्नु हुन्छ । "उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सँगै सँधै उठबस हुने मान्छेको त चेतना यति छ भने अन्य गाउँका सर्वसाधारणको अवस्था के होला ? सजिलै अनुमान गर्न सकिन्छ ।" विद्यार्थी खत्री भन्दै थिए । यस उप स्वास्थ्यचौकीका इन्चार्ज रामशरण पौडेल भने सोही गा.वि.स.का स्थानीय वासिन्दा हुन् । जसले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै राष्टिय स्तरको पुरस्कार Nick simons Award 2011 पाएका थिए ।
Friday, September 2, 2011
Saturday, August 20, 2011
Tuesday, August 16, 2011
लघुकथा : अर्काको जुठो
“जे भने First love is first love पहिलो प्रेम कसैले भुल्न सक्दैन, यो तिमीमा पनि लागु हुन्छ । त्यसैले मसँगको तिम्रो प्रेम चोखो मान्न सकिदैन । ” यी बाणरुपी शब्दहरुले मेरो मुटुमा काँडा सरी विझाएको छ । बेकार भनेछु जस्तो लाग्यो उनलाई मेरो यो भन्दा अगाडी कसै सँग प्रेम थियो भनेर । प्रेममा ढाँट छल हुँदैन त्यसैले मैले उनी सँग कुनै कुरा लुकाइनँ । उनलाई यो पनि मैले प्रष्टै पारेको हो कि मैले माया गर्दा गर्दै मलाई छोडेर गएकी थिइन् भनेर । त्यसैले उनको के जिकीर छ भने पहिला नै कसैलाई दिईसकेको मेरो प्रेम उनमा कम हुन्छ अर्थात “उसलाई जति माया दियौ त्यति मलाई दिन सक्दैनौ । ”
आज उनले मलाई उनको कोठामै बोलाएकी थिइन् । म मेरो अफिस छुट्टी हुने वित्तिकै सिधै उनको कोठा पुगें । उनी भने उनको अफिसबाट फर्किदै थिइन् । त्यसैले मैले फोन गर्दा त्यही कुर्न आग्रह गरिन् । म उनको कोठा अगाडी बेन्चमा बसेर उनको प्रतिक्षा गर्न लागें । बेन्च नजिकै फोहर राख्ने डस्वीन थियो । अचानक मेरो नजर त्यसमा रहेको एउटा कागजको टुक्रामा गयो । त्यसपछि म छाँगा बाट खसे जस्तै भएँ । त्यस कागज उनको नाउँमा काटिएको कुनै हस्पिटलको विरामी पुर्जा थियो । त्यसको निदानमा एउटा शब्द थियो Abortion।
Monday, August 1, 2011
Friday, July 15, 2011
च्यास्कूमा निशुल्क स्वास्थ्य शिविर आज देखी
आज(२०६८ असार ३१)र भोली(२०६८ असार ३२) दुई दिनको लागि संचालन गरिने निशुल्क स्वास्थ्य शिविर रामेछापको च्यास्कूमा सुरु भएको छ । मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय हेटौंडा, जिल्ला स्वास्थ्य कार्यालय रामेछप र उपस्वास्थ्यचौकी ओख्रनीको संयुक्त आयोजनामा संचालन गरिएको यस निशुल्क स्वास्थ्य शिविर नाक, कान, घाँटी, दन्त, मानसिक र स्त्रीरोग सम्बन्धी सम्पुर्ण रोगको निशुल्क उपचार सेवा प्रदान गरिनेछ । यस शिविरको लागिसामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र ओख्रेनी गाउँ विकास समितिले आर्थिक सहयोग गरेको छ । यस शिविरमा मेडिकल साइन्स भरतपुर चितवनका विशेषज्ञ चिकित्सकहरु ले सेवा प्रदान गर्नेछन् भने ओख्रनी, रामपुर र हिमगांगा र अन्य छिमेकी गा.वि.स.का सर्वसाधारण विरामीहरु लाभाम्बित हुनेछन् ।
Wednesday, July 6, 2011
Thursday, June 30, 2011
Monday, June 20, 2011
Subscribe to:
Posts (Atom)










