Friday, February 11, 2011
Saturday, January 22, 2011
तिम्रो झुठो प्रेमबाट
गजल
तिम्रो झुठो प्रेमबाट, अवकास लिएँ आज
रक्सी खाने बानी छैन, गजल मैले पिएँ आज
कति सहुँ दश तिर, धाउने तिम्रो किच्चक बानी
त्यै भएर माया जालमा, राजिनामा दिएँ आज
भ्रष्टचारी, अनियमितता, तिम्रो बानी अत्ति नै भो
तिमलाई त्यागी नयाँ कोट, आफ्नै लागि सिएँ आज
तिमालाई छोडी एकपल पनि, हुन्न भन्थ्यौ पहिले पहिले
एक्लो पार्यौ एक्लो भई, जेन तेन जिएँ आज
कति कति रोएँ म त, आज जस्तै रात दिन
एैल्यै छाड्ने निर्णय भो, दोधारमा थिएँ आज
“प्राञ्जल”आवश्यकता अनुसारको गजलकार
ओख्रेनी–६,रामेछाप
गजल
गजल
फूल देख्दा किन मलाई, कुच्याई फालौँ लाग्छ अचेल
तिमले दे’का चिठी तस्वीर, बालौं बालौं लाग्छ अचेल
पिरै पिरले फुलेका यी, कपाल र दाह्री जुंगा
काट्न कोर्न मन लाग्दैन, पालौं पालौं लाग्छ अचेल
नशा बाट टाढै वसी, परैबाट भाग्थें पहिले
शरिरलाई नशा लगाई, ढालौं ढालौं लाग्छ अचेल
तिम्रो पछि लाग्दा खेरी, आफन्त नै पराई भए
च्यात्तिएका साम्बन्ध ती, टालौं टालौं लाग्छ अचेल
फूल्यो फल्यो हाम्रो माया, रोपेका थ्यौं कुर्नै दिन
झर्ने बेला भयो क्यार, गालौं गालौं लाग्छ अचेल
नसोचेको अनौठो चाल, चाल्यौ तिमले पापिनीले
मलाई पनि अनौठो चाल, चालौं चालौं लाग्छ अचेल
विन्देश मगर“प्राञ्जल”
ओख्रेनी–६,रामेछाप
me on langghalijamghat :http://langghalijamghat.ning.com/profile/BindeshMagar
me on facebook : http://www.facebook.com/vindesa.magara
Subscribe to:
Posts (Atom)


