Friday, July 15, 2011

च्यास्कूमा निशुल्क स्वास्थ्य शिविर आज देखी


आज(२०६८ असार ३१)र भोली(२०६८ असार ३२) दुई दिनको लागि संचालन गरिने निशुल्क स्वास्थ्य शिविर रामेछापको च्यास्कूमा सुरु भएको छ । मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय हेटौंडा, जिल्ला स्वास्थ्य कार्यालय रामेछप र उपस्वास्थ्यचौकी ओख्रनीको संयुक्त आयोजनामा संचालन गरिएको यस निशुल्क स्वास्थ्य शिविर नाक, कान, घाँटी, दन्त, मानसिक र स्त्रीरोग सम्बन्धी सम्पुर्ण रोगको निशुल्क उपचार सेवा प्रदान गरिनेछ । यस शिविरको लागिसामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र ओख्रेनी गाउँ विकास समितिले आर्थिक सहयोग गरेको छ । यस शिविरमा मेडिकल साइन्स भरतपुर चितवनका विशेषज्ञ चिकित्सकहरु ले सेवा प्रदान गर्नेछन् भने ओख्रनी, रामपुर र हिमगांगा र अन्य छिमेकी गा.वि.स.का सर्वसाधारण विरामीहरु लाभाम्बित हुनेछन् ।

Wednesday, July 6, 2011

A small Love Story

He Proposed.
.
.
She smiled.
.
.




















No Teeth.
He died.




म र तिमी


म छु ।
तिमी छौ ।
विचमा लाई भई दिएको भए :
मलाई तिमी
र
तिमीलाई म 
हुने थियो ।
विभक्ति विनाको सम्बन्ध भयौं हामी ।
कहिले हुनु वाक्य ।
कहिले हुनु काव्य ।

Thursday, June 30, 2011

Love letter

मिति : २०६८/०३/११
शनिवार
मेरी मुटु की धड्कन पल्मोनरी धमनी,
पल्मोनरी शिरा

मेरी सुन्तली भनेर भन्दा रिसाउली होली ।
नाम सुन्तली नै भए पनि तिमीलाई मन पर्ने मेरी स्वीटी ।

Monday, June 20, 2011

२० वर्ष पुरा भई २१ लागेको दिन



ज्युँदै म¥यो भनि नाम कसको उद्यम विना वित्दछ काल जसको ।

Friday, February 11, 2011

Happy Valentine Day

हाँसोलाई Outbox मा राख्नुहोस्
आँशुलाई Inbox मा राख्नुहोस्
रिसलाई Send गर्नुहोस्
दुःखलाई  Ok गर्नुहोस्
सहयोगलाई Delete नगर्नु
मनलाई Silent मा राख्नुहोस्
तब सुन्नुहोस कस्तो बज्छ जिन्दगीको
मिठो  Ringtone!

Saturday, January 22, 2011

तिम्रो झुठो प्रेमबाट


                  गजल
तिम्रो झुठो प्रेमबाट, अवकास लिएँ आज
रक्सी खाने बानी छैन, गजल मैले पिएँ आज
कति सहुँ दश तिर, धाउने तिम्रो किच्चक बानी
त्यै भएर माया जालमा, राजिनामा दिएँ आज

भ्रष्टचारी, अनियमितता, तिम्रो बानी अत्ति नै  भो
तिमलाई त्यागी नयाँ कोट, आफ्नै लागि सिएँ आज

तिमालाई छोडी एकपल पनि, हुन्न भन्थ्यौ पहिले पहिले
एक्लो पार्यौ एक्लो भई, जेन तेन जिएँ आज

कति कति रोएँ म त, आज जस्तै रात दिन
एैल्यै छाड्ने निर्णय भो, दोधारमा थिएँ आज

“प्राञ्जल”आवश्यकता अनुसारको गजलकार
ओख्रेनी–६,रामेछाप

गजल


                   गजल
फूल देख्दा किन मलाई, कुच्याई फालौँ लाग्छ अचेल
तिमले दे’का चिठी तस्वीर, बालौं बालौं लाग्छ अचेल

पिरै पिरले फुलेका यी, कपाल र दाह्री जुंगा
काट्न कोर्न मन लाग्दैन, पालौं पालौं लाग्छ अचेल

नशा बाट टाढै वसी, परैबाट भाग्थें पहिले
शरिरलाई नशा लगाई, ढालौं ढालौं लाग्छ अचेल

तिम्रो पछि लाग्दा खेरी, आफन्त नै पराई भए
च्यात्तिएका साम्बन्ध ती, टालौं टालौं लाग्छ अचेल

फूल्यो फल्यो हाम्रो माया, रोपेका थ्यौं कुर्नै दिन
झर्ने बेला भयो क्यार, गालौं गालौं लाग्छ अचेल

नसोचेको अनौठो चाल, चाल्यौ तिमले पापिनीले
मलाई पनि अनौठो चाल, चालौं चालौं लाग्छ अचेल

विन्देश मगर“प्राञ्जल”
ओख्रेनी–६,रामेछाप

Please Comment here!