Saturday, January 22, 2011

गजल


                   गजल
फूल देख्दा किन मलाई, कुच्याई फालौँ लाग्छ अचेल
तिमले दे’का चिठी तस्वीर, बालौं बालौं लाग्छ अचेल

पिरै पिरले फुलेका यी, कपाल र दाह्री जुंगा
काट्न कोर्न मन लाग्दैन, पालौं पालौं लाग्छ अचेल

नशा बाट टाढै वसी, परैबाट भाग्थें पहिले
शरिरलाई नशा लगाई, ढालौं ढालौं लाग्छ अचेल

तिम्रो पछि लाग्दा खेरी, आफन्त नै पराई भए
च्यात्तिएका साम्बन्ध ती, टालौं टालौं लाग्छ अचेल

फूल्यो फल्यो हाम्रो माया, रोपेका थ्यौं कुर्नै दिन
झर्ने बेला भयो क्यार, गालौं गालौं लाग्छ अचेल

नसोचेको अनौठो चाल, चाल्यौ तिमले पापिनीले
मलाई पनि अनौठो चाल, चालौं चालौं लाग्छ अचेल

विन्देश मगर“प्राञ्जल”
ओख्रेनी–६,रामेछाप

2 comments:

Please Comment here!