Saturday, September 10, 2011

रामेछाप गा.वि.स.का जनताहरु नगरपालिका घोषणाको पुन सिफरिस प्रति असन्तुष्ट: प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईने


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गा.वि.स.का राजैतिक दल तथा विभिन्न पक्षहरुले रामेछाप जिल्लाको घोषणा गरिएको सदरमुकाम को पुन संसोधन गर्न गरिएको जि.वि.स.को सिफारिस अवैज्ञालनिक रहेको भन्दै त्यसको पुनर्मुल्यांकन गर्न माग गरेका छन् ।
सो को विरोधमा गा.वि.स.का सबै राजनैतिक दलका प्रतिनिधि द्धारा प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइन लागिएको छ । सो ज्ञापन पत्रमा जि.वि.स. रामेछापको गत साउन २७ गते बसेको सर्व पक्षीय बैठकले नगरपालिका घोषणाको लागि गरेको सिफरिस अवैज्ञानिक भएको भन्दै छुट्टै नगरपालिका घोषणा गर्न सम्भव भए रामेछाप, भलुवाजोर, सुकाजोर र ओख्रेनी गा.वि.स. समेटिई नयाँ छुट्टै नगरपालिका घोषण गर्न र सो को सम्भव नभए आ.व. २०६८/०६९ को बजेटमा घोषणा गरिए बमोजिम नै कार्यान्वयन गर्न माग गरिने भएको छ । आ.व. २०६८/०६९ को बजेटले रामेछाप, सुनारपानी र मन्थली गा.वि.स. समेटिई नगरपालिका घोषणा गरेको थियो । तर गत साउन २७ मा जिल्लाको सर्व पक्षीय बैठकले भने बजेट भाषणले घोषणा गरेका गा.वि.स.मा सदरमुकाम मन्थली आसपासका ६ वटा गा.वि.स. थप गरी ९ वटा गा.वि.स. लाई नगरपालिका घोषनार्थ सिफारिस गरेको थियो ।

Please Comment here!