Wednesday, October 19, 2011

विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा


तिमीलाई विर्सन के गरिनँ ?
ट्वीटर खोलेँ टाइमलाईनभरी तिमीलाई देखेँ
फेसबुक खोलेँ वाल भरी तिमी नै तिमी थियौ
पुस्तक पढ्न पल्टाएँ पुस्तकका सबै पाना, हरफ र लाईन भरी तिमीलाई देखेँ
सङ्गीत सुनेँ सङगीतका हर सुर ताल भरी तिमी नै तिमी थियौँ
तिमी गयौ तर तिम्रो याद गएन
टाढा भयौ तर तिम्रो याद टाढा भएन
कविता लेख्न लागेँ कवितामा तिमी अटाएनौँ
गजल लेख्न लागेँ गजलका सेरमा तिमी अटाएनौँ
जे गर्न लागे नि तिम्रो यादले झस्काउँछ अनि म असफल हुन्छु
त्यसैले तिम्रो यादमा कविता लेखिनँ, गजल लेखिनँ, फेसबुक र ट्वीटरमा स्टाटस लेखिनँ
ब्लग लेख्न बसेँ तर यो पनि अधुरो अपुरो भयो
विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा...........

Monday, October 17, 2011

राजेश हमाल जोक्स



रोबिन लेख्छन् : एकपटक राजेश दाइ बेलायत घुम्न गएका बेला अस्ट्रेलिया र बेलायतको क्रिकेट म्याच चलिरहेको थियो। राजेश दाइ क्रिकेट हेर्न जानुभयो। ग्राउन्डको छेउमा बसेर चुरोट तान्दै क्रिकेट हेर्ने क्रममा राजेश दाइले खाएको चुरोटको खरानीले ग्राउन्ड भरियो र म्याच रोकियो। राजेश दाइको चुरोटको खरानीको नामबाट आजसम्म पनि अस्ट्रेलिया र बेलायत एसेज सिरिज खेलिरहेछन्।

Thursday, October 13, 2011

सुपर के उपर बेठकर मत चलो (Photoblog)

सिन्धुलीको रातमाटा झागाझुलीमा बस दुर्घटना भई ठूलो छ्यती भएको छ । करिब ४० जनाको मृत्यु र १५ जना जति घाइते भएका छन् । पुरै फेसबुक, ट्वीटर र अन्य इन्टरनेट यसै समाचारले भरिएको छ । कोही सरकारलाई गाली गर्दैछन्, कोही ड्राईभरलाई, कोही ट्राफिक प्रहरीलाई, कोही यातायात समितिलाई त कोही भगवान्लाई नै गाली गर्दैछन् । मृत्यु हुने मात्रै ४० जना नाघेको र भित्र र माथी गरी ७०–८० जना जति यात्रु भएको समाचारले क्षमता भन्दा बढी यात्रु नै दुर्घटनाको कारण भएको पुष्टी हुन्छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर गाडी यात्रा गरिएको नेपालका सबै जसो स्थानमा देख्न सकिन्छ । मेरो गाउँ पनि आज दुर्घटना भएको ठाउँ बाट १५–२० कि.मी. मात्रै टाढा पर्छ ।

नेपाङ्गे्रजी


केही दिन अघि मैले एकजाना दशैँको बेला माइत आएकी मित्रलाई भेटेको थिएँ । उनको ४–५ महिना अघि मात्रै काठमाडौँमा विहे भएको थियो । उनले सहरमा बसेको छनक देखाउन हो या उनको बानी हो उनी बीच बीचमा व्यापक अँग्रेजी मिसाएर बोल्थिन् । “कस्तो सेल्फिस तिमी त मलाई एक कल पनि गरेनौँ ......” उनले म सँग भनिन् “तिमीले त म सँग फेसबुकमा मैले रिक्वएस्ट गर्दा पनि रेस्पोन्स दिएनौँ । बरु तिम्रो दाईले मेरो फोटोमा कमिटमेन्ट गर्नु भएको थियो ।” मलाई त्यतिबेला अजय दिक्षितले केही “नेपाल”मा “लेक साइडमा त भैँसी पनि अंग्रजी बोल्छन् रे ।” भनेर लेखेको व्याङ्ग्यात्मक लेख सम्झना आयो । जानी नजानी अंग्रजी बोल्ने चाहे अनर्थ नै लागोस् न । मेरा एक जाना मित्रले मलाईृ एउटा गोष्ठीमा आफ्नो प्रस्तुतिकरण पछि “विन्देश जी, मेरो प्रिजेन्टेसनमा केही कमाइन्ड छ ?” भनेर प्रश्न सोध्थे । म "कमेन्ट"लाई "कमाइन्ड" भनेको भनि बुझ्दथेँ ।

Monday, October 10, 2011

फेसबुक बन्द हुँदैछ रे ।


आउँदो नोभेम्बर ९ देखी फेसबुक ह्याकरहरुले फेसबुक बन्द गराउने धम्की दिएका छन् रे । त्यो धम्की धम्कीमा मात्रै सिमित हुने हो की साँच्ची नै बन्द हुने हो त्यो भने कसैले भविष्यवाणी गर्न सक्दैन । फेसबुकका प्रयोगकर्ता नेपालमै १३ लाख जति  छन् भने विश्वमा करोडौँको हरपलको साथी बनेको छ फेसबुक । यसरी बन्द गराउने हल्ला हल्ला मात्र हो भनेर ढुक्क हुन पनि सकिन्न किनकी प्रविधिको विकास सँगै त्यति काम गर्न सक्ने ह्याकरहरु छैनन् भनेर ढुक्क हुन सकिन्न । सँच्चै बन्द होला नहोला त्यो छुट्टै बहसको विषय वन्ला तर भर्खर भर्खर ब्लगर बनेर आफ्नो ब्लग अपडेट गर्न सिक्दै गरेको सुचना प्रविधिको सिकारु यो दिमागले “फेसबुक बन्द भए के होला ?” भन्ने अनुमान बारे आफ्नो विचार यस ब्लगमा आफ्नो विचार छर्किन लागेको छु ।

Saturday, September 24, 2011

साइकल चढौँ पृथ्वीलाई माया गरौँ


केही दिन अगाडी सञ्चारमाध्यममा खाद्यन्नमा भएको मिसावट र त्यसको लागि वाणिज्य विभागले गरेको अनुगमन र कारबाहीले निकै चर्चा कमायो । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल साइटहरुमा पनि यस कुरा निकै छायो । काठमाडौँ लगाएतका केही सहरहरुमा मिसावटको बारेमा कुरा चलिरहँदा हामीले प्रत्येक क्षण लिईरहेका हावाको मिसावट (वायु प्रदुषण) को बारेमा चहिँ कहीँ चिन्तन मनन नभएको देख्दा मलाई दुख लागेर आउँछ । त्यसको कतै चर्चा सुनिन्न । सबैले महसुस गरेकै हो काठमाडौँको हावा स्वच्छ छैन । केही घण्टा सडक छेउ हिँडिरहने हो भने नाक, आँखामा धुवाँ जम्छ । गाउँबाट पहिलो चोटी काठमाडौँ छिरेकाले हावा नमिठो गन्हाउने महसुस गर्छन् । यसको बारेमा सम्बन्धित विज्ञले विस्तृत अध्यायन गर्ने हो भने झन् स्थिति भयावह रहेको कुरा सार्वजनिक हुन सक्छ । यसको परिणाम विभिन्न आँखा र स्वासप्रस्वास लगाएतका विभिन्न रोगको सिकार हुन हामी बाध्य छौँ । खाद्यपदार्थमा भएको मिसावट भन्दा यो गम्भिर सवाल हो । किनकी हावा विना हामी मानव लगाएत सबै जीव जन्तु बाँच्न सक्दैनौँ । त्यसैले हामीले प्रत्येक सेकेण्ड सेकेण्डमा लिने गरेका हाम्रो वायुमण्डलको हावा स्वच्छ राख्न हामी सबै जिम्मेवार नागरिक लागिपर्नु पर्छ ।

Wednesday, September 14, 2011

यसलाई कसले उत्तानो पारेछ ।

एउटा शिक्षकले A, B, C,D... पढाउँदा A फर अम्बरेको बुढी,B फर बलेको बुढी,C फर चन्द्रको बुढी....... M फर मानेको बुढी भनेर पढाउँथ्यो । उसले M सम्म मात्रै पढाएको थियो । एक पटक निरीक्षक आएछ र सोध्न थालेछ । M सम्म सबै लेटरहरु चिन्दै गएछ त्यस भन्दा पछि भने चिनेनछ । पछि जब W मा आई पुग्यो विद्यार्थीले भनेछ । "हुन त यो मानेके बुढी हो तर यसलाई कसले उत्तनो पारेछ त्यो चहि थाहा भएन सर ।"

Saturday, September 10, 2011

रामेछाप गा.वि.स.का जनताहरु नगरपालिका घोषणाको पुन सिफरिस प्रति असन्तुष्ट: प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईने


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप गा.वि.स.का राजैतिक दल तथा विभिन्न पक्षहरुले रामेछाप जिल्लाको घोषणा गरिएको सदरमुकाम को पुन संसोधन गर्न गरिएको जि.वि.स.को सिफारिस अवैज्ञालनिक रहेको भन्दै त्यसको पुनर्मुल्यांकन गर्न माग गरेका छन् ।

Tuesday, September 6, 2011

यो के ? कि गजल, कि कविता न गजल, न कविता

हो यार
के प्यार ?
न वार
न पार


के दुई
के चार
कि बस
कि कार
न विस्तृत
न सार

के जीत
के हार
कि अम्ल
कि क्षार
न हलुका
न भार

Friday, September 2, 2011

झाडापखालाको औषधी सिटामोल


यो अन्तरवार्ता रामेछाप जिल्ला देउराली गा.वि.स. को उपस्वास्थ्य चौकी सँगै जोडिएर रहेको पसल राख्ने वेदमाया मगरको हो । उहाँलाई नेवेल कलेज काठमान्डुका वि.पि.एच. तेस्रो वर्षमा अध्यायनरत विद्यार्थी विष्णु खत्री ले लिनुभएको हो । जसमा उहाँले झाडापखालाको औषधी थाहा नभएको, झाडा पखाला लाग्दा बच्चा लाई सिटामोल खुवाउने गरेको बताउनु भयो । "जीवनजल कसरी खुवाउने ?" भन्ने प्रश्नमा उहाले मुठीमा राखेर त्यतिकै खुवाउने गरेको बताउनु भयो । वेदमाया मगर (बोलाउने नाम विन्दा)को उपस्वास्थ्यचौकी देउराली सँगै पसल छ । उहाँले उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र विरामी लागाएत कुरुवालाई अडर अनुसार खाजा तयार पार्नु हुन्छ । "उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सँगै सँधै उठबस हुने मान्छेको त चेतना यति छ भने अन्य गाउँका सर्वसाधारणको अवस्था के होला ? सजिलै अनुमान गर्न सकिन्छ ।" विद्यार्थी खत्री भन्दै थिए । यस उप स्वास्थ्यचौकीका इन्चार्ज रामशरण पौडेल भने सोही गा.वि.स.का स्थानीय वासिन्दा हुन् । जसले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै राष्टिय स्तरको पुरस्कार Nick simons Award 2011 पाएका थिए ।

Please Comment here!