Friday, September 2, 2011

झाडापखालाको औषधी सिटामोल


यो अन्तरवार्ता रामेछाप जिल्ला देउराली गा.वि.स. को उपस्वास्थ्य चौकी सँगै जोडिएर रहेको पसल राख्ने वेदमाया मगरको हो । उहाँलाई नेवेल कलेज काठमान्डुका वि.पि.एच. तेस्रो वर्षमा अध्यायनरत विद्यार्थी विष्णु खत्री ले लिनुभएको हो । जसमा उहाँले झाडापखालाको औषधी थाहा नभएको, झाडा पखाला लाग्दा बच्चा लाई सिटामोल खुवाउने गरेको बताउनु भयो । "जीवनजल कसरी खुवाउने ?" भन्ने प्रश्नमा उहाले मुठीमा राखेर त्यतिकै खुवाउने गरेको बताउनु भयो । वेदमाया मगर (बोलाउने नाम विन्दा)को उपस्वास्थ्यचौकी देउराली सँगै पसल छ । उहाँले उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र विरामी लागाएत कुरुवालाई अडर अनुसार खाजा तयार पार्नु हुन्छ । "उपस्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सँगै सँधै उठबस हुने मान्छेको त चेतना यति छ भने अन्य गाउँका सर्वसाधारणको अवस्था के होला ? सजिलै अनुमान गर्न सकिन्छ ।" विद्यार्थी खत्री भन्दै थिए । यस उप स्वास्थ्यचौकीका इन्चार्ज रामशरण पौडेल भने सोही गा.वि.स.का स्थानीय वासिन्दा हुन् । जसले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै राष्टिय स्तरको पुरस्कार Nick simons Award 2011 पाएका थिए ।

1 comment:

  1. जनचेतनाको कमी त अति नै छ हाम्रो देशमा। शिक्षाको कमी र गरीबीको कारणले गर्दा नि हो। तर हरेक सम्बन्धित व्यक्तीहरुले आफ्नो स्तरबाट आफ्नो दायित्व पुरा गर्यौ भने यो ठुलो समस्याको पनि समाधान निस्कन्छ।

    ReplyDelete

Please Comment here!