Monday, June 20, 2011

२० वर्ष पुरा भई २१ लागेको दिन



ज्युँदै म¥यो भनि नाम कसको उद्यम विना वित्दछ काल जसको 
यो मेरो बाबालाई सबै भन्दा मन पर्ने लक्ष्मी प्रसाद देवकोटाको चर्चित भनाई हो । आज म २० वर्षा(Summer) काटेर २१ औं वर्षा(Summer) टेक्दा म मेरो बाबा (शेर बहादुर थापामगर) लाई सम्झिन चाहान्छु । बाबाले यसै सुत्रलाई प्रयोग गरेर राष्ट्रकै एक नमुना घरेलु उद्यमी बन्नुभएको छ ।
म हाल जीवनको लगभग एक चौथाई उमेर हुन लाग्दा सम्म खासै देशको र आफ्नो लागि पनि केही गर्न सकिराखेको छैन । म बाबा जति मैले केही गरेर नाम त कमाउन सक्दिन होला तर कामना गर्छु र प्रतिज्ञा पनि म पनि देशको लागि केही गरेरै छोड्छु । नत्र म यो देशमा जन्मिएको अर्थ रहँदैन । 
अन्तमा मलाई मोबाइल, फेसबुक र भेटघाट मार्फत पनि जन्मदिनको शुभकामना दिनुहुने सबै आफन्त तथा मित्रजनहरुलाई हृदय देखी नै धन्यवाद छ ।

1 comment:

Please Comment here!