Monday, October 24, 2011

गजल नं ५


तिमले माया मार्यौ क्यारेत्यै भएर लेख्छु गजल
बाँच्ने मेरो साहारा खै?, त्यै भएर देख्छु गजल

माया प्रेमको संसारमाहिजो सम्म बाँचेको थें
आज बाट छोडी दिएँत्यै भएर टेक्छु गजल

महँगीको संसारमातिमले माया बेच्यौ क्यारे
मेरो बेच्ने केही छैनत्यै भएर बेच्छु गजल

तिमले हामले लाको मायाघाँटी रेटी मार्यौ आज
मेरो रेट्ने केही छैनत्यै भएर रेट्छु गजल

आजको रात भेट्यौ होलातिमले आफ्नो मायालुलाई
पागल मेरो कोही छैनत्यै भएर भेट्छु गजल

नशा लाग्ने मदिरा त्योकहिले मैले लिने गर्छु ?
नशा लाग्यो धोखे प्रेमकोत्यै भएर पेग्छु गजल

फेसबुक साथीलाई चिठी

मिति: २०६७-११-२७

प्रिय मित्र,
धेरै धेरै माया,
गुगलले सर्च गरेर पनि नभ्याउने सम्झना ।

तपाईलाई अचम्म लाग्न सक्छ, यो अहिलेको वैज्ञानिक युगको ई–जेनेरेसन ले चिठी लेखेको देख्दा । हो जसरी तपाईलाई यो चिठी देख्दा अचम्म लाग्छ त्यसरी नै मलाई अचम्म लागेका केही कुराहरु म यस पत्र मार्फत तपाईलाई व्यक्त गर्न चाहान्छु । साँच्चै साथी अचेल त यसरी चिठी लेख्ने त चलानै हराए, मेरा बाबाले आफ्नो पोखरामा रहनुभएको साथीलाई चिठी लेखेको देखेको थिएँ। धेरै पहिला होइन, २०५५ साल तिर अर्थात आज भन्दा १२ वर्ष पहिले । कति परिवर्तन भएको छ,यो १२ वर्षमा, अबको १२ वर्षमा त झन् के हुने हो भन्न सकिन्न ।

Sunday, October 23, 2011

गजल नं. ४


क्या झुर, हुँदैछ जिन्दगी
आफैँ सँग, रुँदैछ जिन्दगी

एक्लै हुनुकेा, पिडै बेग्लै
आँशुले पिडा, धुँदैछ जिन्दगी

आकाश छुने, सपना थियो
बगरको बालुवा, छुँदैछ जिन्दगी

सोच्या हुन्न, नसोचेकै हुने खाली
उँभो होइन, सधैँ उँधैछ जिन्दगी

फूल्ला फल्ला, ठानेको थेँ
ओइलाईकन, कुहुँदैछ जिन्दगी

Friday, October 21, 2011

गजल


विझाउने यादहरु, तिमी सँगै लिई जाऊ
फाटिएका मनहरु, मनैमनले सिई जाऊ

यसै गरी जिउनु भन्दा, सँधैभरी तड्पी तड्पी
मर्छु बरु बीस खाई, एक प्याला दिई जाऊ

सुख दिन नसकेनी, खुसी दिन सक्थेँ मैले
मेरै कारण दुखी भए, म बिना जीई जाऊ

सजाएथेँ मुटु भित्र, काँडा सरी बिझाई दियौ
विझाएरै मार्ने भयैा, सक्छौ भने खिई जाऊ

तिमलाई हाँसो भए पनि, मलाई पासो भएकैछ
सक्छै भने वितेका ती, सबै पल पिई जाऊ

Wednesday, October 19, 2011

विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा


तिमीलाई विर्सन के गरिनँ ?
ट्वीटर खोलेँ टाइमलाईनभरी तिमीलाई देखेँ
फेसबुक खोलेँ वाल भरी तिमी नै तिमी थियौ
पुस्तक पढ्न पल्टाएँ पुस्तकका सबै पाना, हरफ र लाईन भरी तिमीलाई देखेँ
सङ्गीत सुनेँ सङगीतका हर सुर ताल भरी तिमी नै तिमी थियौँ
तिमी गयौ तर तिम्रो याद गएन
टाढा भयौ तर तिम्रो याद टाढा भएन
कविता लेख्न लागेँ कवितामा तिमी अटाएनौँ
गजल लेख्न लागेँ गजलका सेरमा तिमी अटाएनौँ
जे गर्न लागे नि तिम्रो यादले झस्काउँछ अनि म असफल हुन्छु
त्यसैले तिम्रो यादमा कविता लेखिनँ, गजल लेखिनँ, फेसबुक र ट्वीटरमा स्टाटस लेखिनँ
ब्लग लेख्न बसेँ तर यो पनि अधुरो अपुरो भयो
विना शिर्षकको एउटा ब्लग तिम्रो यादमा...........

Monday, October 17, 2011

राजेश हमाल जोक्स



रोबिन लेख्छन् : एकपटक राजेश दाइ बेलायत घुम्न गएका बेला अस्ट्रेलिया र बेलायतको क्रिकेट म्याच चलिरहेको थियो। राजेश दाइ क्रिकेट हेर्न जानुभयो। ग्राउन्डको छेउमा बसेर चुरोट तान्दै क्रिकेट हेर्ने क्रममा राजेश दाइले खाएको चुरोटको खरानीले ग्राउन्ड भरियो र म्याच रोकियो। राजेश दाइको चुरोटको खरानीको नामबाट आजसम्म पनि अस्ट्रेलिया र बेलायत एसेज सिरिज खेलिरहेछन्।

Thursday, October 13, 2011

सुपर के उपर बेठकर मत चलो (Photoblog)

सिन्धुलीको रातमाटा झागाझुलीमा बस दुर्घटना भई ठूलो छ्यती भएको छ । करिब ४० जनाको मृत्यु र १५ जना जति घाइते भएका छन् । पुरै फेसबुक, ट्वीटर र अन्य इन्टरनेट यसै समाचारले भरिएको छ । कोही सरकारलाई गाली गर्दैछन्, कोही ड्राईभरलाई, कोही ट्राफिक प्रहरीलाई, कोही यातायात समितिलाई त कोही भगवान्लाई नै गाली गर्दैछन् । मृत्यु हुने मात्रै ४० जना नाघेको र भित्र र माथी गरी ७०–८० जना जति यात्रु भएको समाचारले क्षमता भन्दा बढी यात्रु नै दुर्घटनाको कारण भएको पुष्टी हुन्छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर गाडी यात्रा गरिएको नेपालका सबै जसो स्थानमा देख्न सकिन्छ । मेरो गाउँ पनि आज दुर्घटना भएको ठाउँ बाट १५–२० कि.मी. मात्रै टाढा पर्छ ।

नेपाङ्गे्रजी


केही दिन अघि मैले एकजाना दशैँको बेला माइत आएकी मित्रलाई भेटेको थिएँ । उनको ४–५ महिना अघि मात्रै काठमाडौँमा विहे भएको थियो । उनले सहरमा बसेको छनक देखाउन हो या उनको बानी हो उनी बीच बीचमा व्यापक अँग्रेजी मिसाएर बोल्थिन् । “कस्तो सेल्फिस तिमी त मलाई एक कल पनि गरेनौँ ......” उनले म सँग भनिन् “तिमीले त म सँग फेसबुकमा मैले रिक्वएस्ट गर्दा पनि रेस्पोन्स दिएनौँ । बरु तिम्रो दाईले मेरो फोटोमा कमिटमेन्ट गर्नु भएको थियो ।” मलाई त्यतिबेला अजय दिक्षितले केही “नेपाल”मा “लेक साइडमा त भैँसी पनि अंग्रजी बोल्छन् रे ।” भनेर लेखेको व्याङ्ग्यात्मक लेख सम्झना आयो । जानी नजानी अंग्रजी बोल्ने चाहे अनर्थ नै लागोस् न । मेरा एक जाना मित्रले मलाईृ एउटा गोष्ठीमा आफ्नो प्रस्तुतिकरण पछि “विन्देश जी, मेरो प्रिजेन्टेसनमा केही कमाइन्ड छ ?” भनेर प्रश्न सोध्थे । म "कमेन्ट"लाई "कमाइन्ड" भनेको भनि बुझ्दथेँ ।

Monday, October 10, 2011

फेसबुक बन्द हुँदैछ रे ।


आउँदो नोभेम्बर ९ देखी फेसबुक ह्याकरहरुले फेसबुक बन्द गराउने धम्की दिएका छन् रे । त्यो धम्की धम्कीमा मात्रै सिमित हुने हो की साँच्ची नै बन्द हुने हो त्यो भने कसैले भविष्यवाणी गर्न सक्दैन । फेसबुकका प्रयोगकर्ता नेपालमै १३ लाख जति  छन् भने विश्वमा करोडौँको हरपलको साथी बनेको छ फेसबुक । यसरी बन्द गराउने हल्ला हल्ला मात्र हो भनेर ढुक्क हुन पनि सकिन्न किनकी प्रविधिको विकास सँगै त्यति काम गर्न सक्ने ह्याकरहरु छैनन् भनेर ढुक्क हुन सकिन्न । सँच्चै बन्द होला नहोला त्यो छुट्टै बहसको विषय वन्ला तर भर्खर भर्खर ब्लगर बनेर आफ्नो ब्लग अपडेट गर्न सिक्दै गरेको सुचना प्रविधिको सिकारु यो दिमागले “फेसबुक बन्द भए के होला ?” भन्ने अनुमान बारे आफ्नो विचार यस ब्लगमा आफ्नो विचार छर्किन लागेको छु ।

Please Comment here!