
१. सब भन्दा पहिले त फेसबुकको सञ्चालक लाई सबै भन्दा ठूलो परिमाणको घाटा लाग्ला । यो त सबैले जानेको र अनुमान लगाउन सकिने कुरो हो ।
२. विभिन्न कार्यालयका कर्मचारीहरु खाली फेसबुकमा रमाउन लागेका छन् भन्ने सुनिन्थ्यो अव फेसबुक बन्द भए कार्यालयको काम पनि अलि छिटो सम्पादन होला ।
३. फेसबुकका प्रयोगकर्ता मध्ये धेरै विद्यार्थीहरु छन् जो बुक छोडेर फेसबुक प्रयोग गर्ने लतमा फसेका छन् । उनीहरुको पढाईको गुणस्तरमा केही सुधार आउला ।
४. कतिपय मेरा मित्रहरुला ईन्टरनेट चलाउन आउँदैन फेसबुक मात्रै चलाउन आउँछ उनीहरुको लागि भने इन्टरनेट भनेको फेसबुक मात्र होइन रहेछ भन्ने नयाँ सिकाई प्राप्त हुनेछ । त्यस पछि अन्य साइटहरु पनि खोल्न र चलाउन थाल्नेछन् । अनि फेसबुक बन्द भएको मौकामा अरु साइटहरुको आम्दानी पनि बढ्नेछ ।
५. मेरो भने फेसबुकमा यो लेख लेख्दा सम्म ६८२ जना साथी र १०६२ फोटोहरु छन् । ती मध्ये करिब १०० जना चहीँ प्रत्यक्ष चिनाजानका साथीहरु छन् ती हटे र मेरो फोटाहरु हराएरभने त मलाई ठुलै घाटा हुनेछ । त्यसैले मलाई यो खबरले मलाई एकचोटी झस्काएको छ । त्यसैले फेसबुकका फोटाहरु अन्तै सार्ने अभियान चलाउँदै छु, गोगलको पिकासामा ।
६. फेसबुकको आगमन सुचना प्रविधिको दुनियाँमा नयाँ परिवर्तन थियो यदि यो बन्द भयो भने पनि एउटा आतंक नै मच्चिने अनुमान गर्न सकिन्छ ।
(बाँकि कुरा तपाईको प्रतिक्रियामा........
झुक्किएर वा नझुक्किएरै पनि यो ब्लग पढ्नु भयो भने क्रिपाया प्रतिक्रिया दिनुहोला ।)