Thursday, October 13, 2011

सुपर के उपर बेठकर मत चलो (Photoblog)

सिन्धुलीको रातमाटा झागाझुलीमा बस दुर्घटना भई ठूलो छ्यती भएको छ । करिब ४० जनाको मृत्यु र १५ जना जति घाइते भएका छन् । पुरै फेसबुक, ट्वीटर र अन्य इन्टरनेट यसै समाचारले भरिएको छ । कोही सरकारलाई गाली गर्दैछन्, कोही ड्राईभरलाई, कोही ट्राफिक प्रहरीलाई, कोही यातायात समितिलाई त कोही भगवान्लाई नै गाली गर्दैछन् । मृत्यु हुने मात्रै ४० जना नाघेको र भित्र र माथी गरी ७०–८० जना जति यात्रु भएको समाचारले क्षमता भन्दा बढी यात्रु नै दुर्घटनाको कारण भएको पुष्टी हुन्छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर गाडी यात्रा गरिएको नेपालका सबै जसो स्थानमा देख्न सकिन्छ । मेरो गाउँ पनि आज दुर्घटना भएको ठाउँ बाट १५–२० कि.मी. मात्रै टाढा पर्छ ।

रामेछाप, दोलखामा अरनिको यातायात समितिको सिन्डीकेट प्रथा छ । यता चल्ने छोटो गाडीलाई “सुपरएक्सप्रेस” नाम दिइएको छ । यस्ता सुपर एक्सप्रेसहरु आज दुर्घटना भएको गाडी जस्तै प्राय ५०–६० जना भन्दा बढी यात्रु बोकेर यात्रा गर्छन् । यसरी क्षमता भन्दा बढी यात्रु गाडीमा भरिनु यहाँ कुनै अनौठो कुरा होइन तर सिटमा मात्रै मान्छे रहेर यात्रा गरेको एकदमै कम देखिन्छ । रामेछाप, धोबी, सिरीसे, च्यास्कू, बाम्ती, साँघुटार जस्ता रामेछापका दुर्गम ठाउँको लागि कच्ची बाटोको यात्रामा यस्ता सुपरले धेरै सजिलो बनाएको छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर गाडी चलाउनाले यी स्थानमा बेलाबेलामा दुर्घटना हुन्छ ।
यसै गरी नै एक पटक म फिल्ड गएको बेला रामेछापको साँघुटार जाँदा ६०–७० जना यात्रु र कच्ची बाटो भएकोले एक जना मधेसी मुलका व्यापारी डराएर “सुपरके उपर बेठकर नहीँ जाउन्गा ” भनेर छतबाट ओर्लेर हिँडेका थिए । त्यतिबेला त्यस व्यापारी गाडीका सबै यात्रुको लागि हाँसोको पात्र भएको थियो । तर मलाई उसको भनाई अहिले सम्भँदा उसको साबधानी लाई कदर गर्दै सबैले त्यसै गर्नु पर्ने जस्तो लागेको छ । मैले यस भन्दा अगाडीको गाडीका यात्राहरु सम्झँदा अहिले भगवान्लाई धन्यवाद दिन मन लागेको छ । “धन्य भगवान् । अहिले सम्मको गाडीको यात्रामा तिमीले मलाई बचायौँ ।” 
यसरी यात्रा गर्नु यात्रुको रहर नभएर बाध्यता हो । जसरी पनि यात्रा गर्नु छ खचाखच भएर पनि चढ्नु त परिहाल्यो नि । ठाउँ ठाउँमा प्रहरी चेक पोष्टहरुले मान्छे छतमा राख्न दिँदैनन् । बडो हाँस उठ्दो प्रहरी पोष्ट त रामेछाप बजारकै छ । यहाँ खचाखच यात्रु लिएर आएका यात्रु चेकपोष्टको तेर्र्साएको बाँस अगाडी मान्छे छत बाट ओरालिन्छ, फेरी त्यो बाँस हटाएपछि त्यहीँ चौकी अगाडी नै मान्छे चढाएर लागिन्छ त्यसमा प्रहरीको कुनै वास्ता नै हुन्न । अप्ठ्यारो प्रहरी चेकपोष्ट कि कच्ची र साँघुरो बाटो ? यस्तो घटना मैले धेरैठाउँमा देखेको छु ।
त्यसैले यात्रुहरु साबधान ! सुपरके उपर बेठकर मत चलो !!!

मैले यात्रा गर्दाबखतका मैले लिन भ्याएका केहि तस्वीरहरु :

वर्सादको याममा साँघुटार बाट काठमाडैाँ आउँदै गर्दा :




मन्थलीबाट धोबी छतमा यात्रा :


" यो मेरो आफ्नै गाडी हो सार्बजनिक होईन, त्यै भएर चुरोट खा'को"


(आफ्नै फेसबुक एल्बम "जनजीबन" बाट)

No comments:

Post a Comment

Please Comment here!