तिमले माया मार्यौ क्यारे, त्यै
भएर लेख्छु गजल
बाँच्ने मेरो साहारा खै?, त्यै
भएर देख्छु गजल
माया प्रेमको संसारमा, हिजो
सम्म बाँचेको थें
आज बाट छोडी दिएँ, त्यै भएर टेक्छु गजल
महँगीको संसारमा, तिमले माया बेच्यौ
क्यारे
मेरो बेच्ने केही छैन, त्यै
भएर बेच्छु गजल
तिमले हामले ला’को माया, घाँटी
रेटी मार्यौ आज
मेरो रेट्ने केही छैन, त्यै
भएर रेट्छु गजल
आजको रात भेट्यौ होला, तिमले
आफ्नो मायालुलाई
पागल मेरो कोही छैन, त्यै
भएर भेट्छु गजल
नशा लाग्ने मदिरा त्यो, कहिले
मैले लिने गर्छु ?
नशा लाग्यो धोखे प्रेमको, त्यै
भएर पेग्छु गजल
No comments:
Post a Comment