Thursday, October 13, 2011

नेपाङ्गे्रजी


केही दिन अघि मैले एकजाना दशैँको बेला माइत आएकी मित्रलाई भेटेको थिएँ । उनको ४–५ महिना अघि मात्रै काठमाडौँमा विहे भएको थियो । उनले सहरमा बसेको छनक देखाउन हो या उनको बानी हो उनी बीच बीचमा व्यापक अँग्रेजी मिसाएर बोल्थिन् । “कस्तो सेल्फिस तिमी त मलाई एक कल पनि गरेनौँ ......” उनले म सँग भनिन् “तिमीले त म सँग फेसबुकमा मैले रिक्वएस्ट गर्दा पनि रेस्पोन्स दिएनौँ । बरु तिम्रो दाईले मेरो फोटोमा कमिटमेन्ट गर्नु भएको थियो ।” मलाई त्यतिबेला अजय दिक्षितले केही “नेपाल”मा “लेक साइडमा त भैँसी पनि अंग्रजी बोल्छन् रे ।” भनेर लेखेको व्याङ्ग्यात्मक लेख सम्झना आयो । जानी नजानी अंग्रजी बोल्ने चाहे अनर्थ नै लागोस् न । मेरा एक जाना मित्रले मलाईृ एउटा गोष्ठीमा आफ्नो प्रस्तुतिकरण पछि “विन्देश जी, मेरो प्रिजेन्टेसनमा केही कमाइन्ड छ ?” भनेर प्रश्न सोध्थे । म "कमेन्ट"लाई "कमाइन्ड" भनेको भनि बुझ्दथेँ ।


हुन त म पनि अंग्रजीमा कमजोर मान्छे भित्रमा पर्छु, तर यसको अर्थ बुझ्दै नबुझी प्रयोग गर्दा भने अनर्थ हुन सक्छ भन्ने मेरो बुझाई छ । त्यस्तै मेरा अर्का एन.जी.ओ.मै काम गर्ने साथीले कार्यालयको इृमेल लेख्दा "Dir Sar... " भनेर सुरु गर्थे । अंग्रेजी भाषा विश्वभाषा भएकोले होला यसको प्रयोग फाट्ट फुट्ट बढ्दैछ, यसै गरी नेपाली भाषामा मिसावट गर्दै नेपाङ्ग्रेजी भएर । यस्तै मेरा अर्का साथीले Google लाई “गोग्ले” भनेर पढ्थे ।
रविन्द्र मिश्रले पुरै “नेपाली बोले नेपाली मात्रै, अंग्रजी बोले अंग्रजी मात्रै शुद्ध बोल” भनेर अनुरोध गरेका छन् । यो मिसावट (रिमिक्स)को जमानामा पुरै शुद्ध नेपाली बोल्न गाहे छ किनकी नेपाली भाषा आगन्तुक शब्दहरुले भरिएको छ । “चक, डस्टर, ब्ल्याकबोर्ड, कपी, डटपेन.....” मैले सानैमा गाउँको विद्यालयमा भन्न सिकेको हुँ, जसको नेपाली अर्थ मलाई कित थाहा छैन कि त नेपालीमा बोल्न अप्ठ्यारो लाग्छ । त्यसै गरी व्याट्री, मोवाइल, चार्जर, टि.भी., रेडियो जस्ता आगन्तुक सामानको नेपाली नाम छ जस्तो मलाई लाग्दैन । हामी यसरी आयातित सामाग्री सँगै अंग्रेजी भाषा पनि आयात गरिरहेका छौँ । यसै गरी मेरो गाउँका प्रायजसोले “चार्जर” लाई “चार्जघर” भन्दछन्, एकै शब्दमा आधा आधा दुई भाषा। नेपाङ्ग्रेजी बोल्न हामी माहिर भैसक्यौँ ।
सुचना र प्रविधिको यो युगमा भएको परिवर्तन सँगै भाषामा पनि परिवर्तन आउँदो रहेछ । “मोबाइलमा पैसा सकेछ” भनेर भन्दा “ल बाबु म सँग १० रुपैयाँ छ हाल भनेर पैसाको नोट निकालेर दिएको, अनि फोनमा “नमस्कार बा । ” भन्दा फोन भुँईमा राखेर दुई हात जोडेर नमस्कार फर्काएको घटनाहरु रमाईला जोकहरु भएका छन् । पहिला पहिला आमालाई मम्मी, बालाई ड्याडी, काकालाई अंकल, दाईलाई ब्रो, दिदीलाई सीस् भनेको अचम्म मान्थे एैले ठिक उल्टो नेपाली शब्दले सम्बोधन गर्दा अनौठो लाग्ने भएको छ ।
अव अंग्रजी भाषालाई “गाईखाने भाषा, नेपाली कुकुरको बेलायती भुकाई..” आदी भनेर गाली नगर्दा भयो । अब अंग्रजी नजान्नेको यहाँ स्वत पछि पर्छ । यसै कुरालाई गत हप्ताको दशैँ विशेषांक “नेपाल”मा अनमोल मणिले “१९ नम्बर” (http://www.ekantipur.com/nepal/article/?id=2820) नामको निकै मार्मिक कथा लेखेका छन् । “आफ्नो भाषा र संस्कृति जोगाउँ” भन्नेलाई यस कुराले नराम्रो धक्का दिएको जस्तो यो नबप्रवेशी ब्लगरलाई लागेको छ ।

 (झुक्किएर वा नझुक्किएरै पनि यो ब्लग पढ्नु भयो भने क्रिपाया प्रतिक्रिया दिनुहोला ।) 

No comments:

Post a Comment

Please Comment here!