Monday, October 17, 2011

राजेश हमाल जोक्स



रोबिन लेख्छन् : एकपटक राजेश दाइ बेलायत घुम्न गएका बेला अस्ट्रेलिया र बेलायतको क्रिकेट म्याच चलिरहेको थियो। राजेश दाइ क्रिकेट हेर्न जानुभयो। ग्राउन्डको छेउमा बसेर चुरोट तान्दै क्रिकेट हेर्ने क्रममा राजेश दाइले खाएको चुरोटको खरानीले ग्राउन्ड भरियो र म्याच रोकियो। राजेश दाइको चुरोटको खरानीको नामबाट आजसम्म पनि अस्ट्रेलिया र बेलायत एसेज सिरिज खेलिरहेछन्।


० ० ०


राजेश हमालको राजनीतिसँग सम्बन्धित तथ्यहरू :


ल    राजेश हमालले सजिलै संविधान लेख्न सक्छन्। संविधान लेख्न उनलाई मात्रै ६ सय १ मिनेट दिए पुग्छ।


ल    नेपालमा राजतन्त्र रहुन्जेल राजेश हमाल यो देशका राष्ट्रपति थिए, अहिले उनलाई गणतान्त्रिक नेपालका राजा घोषणा गरिएको छ।


ल    राजेश हमाल जगिङका क्रममा पूर्व-मेचीदेखि पश्चिम महाकालीसम्म दौडिएछन्, त्यसपछि उनले दौडिएको सडकलाई महेन्द्र राजमार्ग नामकरण गरियो।


ल    राजेश हमाल मात्र त्यस्ता व्यक्ति हुन्, जो एक सय वर्षभन्दा बढी समय शासन गर्न सफल मानिन्छन्।


ल    जब राजेशले ट्वाइलेट फल्स गर्छन्, त्यो बेला भारत सधैं झस्किन्छ, किन थाहा छ ? भारतमा भू-स्खलन हुन्छ भनेर।


ल    धेरै वर्षअघिको कुरा हो, राजेश दाइ राणाशासनको एक्लो विरोधीका रूपमा निक्लिए, राणाहरू उनको क्रियाकलापबाट रुष्ट थिए र उनी माथि दमन गर्न थाले, राजेश दाइलाई एकदमै रिस उठेछ, उनले आफ्नो फलामको हातले जमिनमा एक ठक्कर के दिएका थिए, ९० सालको भुइँचालो आएर काठमाडौं नै तहसनहस भएको थियो।


० ० ०


भाइब एके लेख्छन् : एकपटक प्लेनको यात्रामा राजेश दाइ र रजनीकान्तको अचानक जम्काभेट भएछ। वल्र्डकै टप टु पर्सन एउटै स्थानमा भेट भएपछि दुई जनामा बाजी परेछ। रजनीकान्तले सोधेको प्रश्नको उत्तर राजेश दाइले दिन नसके ५ डलर र राजेश दाइले सोधेको प्रश्नको उत्तर रजनीले दिन नसक्दा ५ सय डलर तिर्ने सहमति भयो। रजनीकान्त : पृथ्वी र चन्द्रमामा के फरक छ ?


उत्तर नआएर राजेश दाइले चुपचाप ५ डलर तिरेछन्।


राजेश दाइ : कुन जनावर तीनवटा खुट्टासहित हिमाल यात्राको क्रममा जान्छ, र्फकंदा चारवटा खुट्टासहित र्फकन्छ ?


रजनीकान्त दुई घन्टासम्म सोच्दा पनि उत्तर नआएपछि ५ सय डलर दिन बाध्य हुन्छन्।


रजनीकान्तले सोध्छ :  उत्तर के हो ?


राजेश दाइ फेरि शान्त भएर ५ डलर फिर्ता दिन्छन्, किनभने उत्तर नआएपछि उनले  ५ डलर मात्र तिर्नु पर्ने हुन्छ।


० ० ०


र्‍वाज महर्जन लेख्छन् : राजेश हमालले वास्तवमा श्वास नै फेर्नुपर्दैन, उनको रक्षाका लागि भगवानले नै फोक्सोमा पर्याप्त अक्सिजन भरिदिएका छन्, यता सनम थापा लेख्छन् : उनी यस्ता व्यक्ति हुन्, जो ४ वर्षमै १० वर्ष पुगेका थिए।  


० ० ०


राजेश हमालले धान खेती नगरेसम्म यो देशमा संविधान बन्दैन रे, -विरातसिंह ठकुरी लेख्छन्।


० ० ०


नयाँ-नयाँ मन्त्रालय थपिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई रिमेश पाण्डे यसरी सल्लाह दिन्छन्- 'प्रधानमन्त्रीज्यू, चलचित्र मन्त्री राजेश हमाललाई बनाउनुपर्‍यो। हमाल दाइ मन्त्री बने पक्कै पनि नेपाली चलचित्रमा क्रान्ति आउँछ। यिनलाई सरकारले गाडी पनि दिनुपर्दैन, उनकै आफ्नै दामी गाडी छ। मान्छे पनि सुपरम्यानभन्दा तगडा छन्।'


० ० ०
From : http://www.ekantipur.com/saptahik

No comments:

Post a Comment

Please Comment here!